Techie IT
×
गृहपृष्ठशिक्षासमाज परिबर्तनको संबाहक : युवा शक्ति

समाज परिबर्तनको संबाहक : युवा शक्ति


बिदुर/सुर्यगढी गाँउपालिकाको वडा नम्बर ३ फलाटेमा रहेको गणेस युवा क्लबको उद्धघाटन तथा शुभारम्भ गरेको छ ।
२०५२ सालमा स्थापना भएर निस्क्रिय रहेको क्लबले आगामि दिनमा सामाजिक कार्यहरु लगायत समुदायमा जनचेतनाका कामलाई निरन्तरता दिने गरि सुभारम्भ गरेको क्लबका अध्यक्ष मधुकर थापा मगरले जानकारी दिनु भएको छ ।
एद्घाटन तथा शुभारम्म कायृक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा नुवाकोटका सचिबालय सदस्य एवं लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनका अध्यक्ष पुर्णलाल श्रेष्ठले देश भित्रकै श्रोत र साधनको परिचालन गरि बिदेश पलायन भएका र हुन लागेका युवा शक्तिलाई परिचालन गरि सचेत र सभ्य समाजको निर्माण गर्नुपर्ने बताउनु भयो । समाज परिबर्तनको खम्बा नै युवा शक्ति भएकाले सामाजिक कार्य मार्फत समाज परिबर्तनको लागी युवाशक्तिले स्थानिय श्रोत र साधनको खोजि गर्नुपर्ने बताउनु भएको छ । २०४० सालमा शिलान्यास भएको सडकको अहिले सम्म स्तरउन्नती हुन नसक्नुमा निर्माण पक्षले कमजोरी रहेको बताउनु भयो ।
नेकपाका युवा नेता एवं समाजसेबि श्रेष्ठले नुवाकोट जिल्लाको बिकास निर्माण लगायत बिभिन्न सामाजिक कार्यको लागी आफु सदैब अग्रणि स्थानमा रहेर कार्य गरिरहने बताउनु भएको छ । साथै उहाँले ंराजनितिक धरातल भन्दा माथी रहेर समाज परिबर्तनका निम्ति आफ्नो अर्काको नभनी समान दृष्टिकोणले कार्य गर्दै आएको बताउनु भएको छ । साथै, सुर्यगढीमा भुण्टे सिञ्चाई आयोजना आफ्रनै पहलमा रातो किताबमा पार्न सफल भएको बताउनु भयो ।
लामो समयदेख उपभोक्ता समिति बिबादमा रहेको ड्वाचे खानेपानी आयोजनालाई बिकल्पको रुपमा अर्को उपभोक्त समिति गठन गरेर भएपनी नागरिकहरुको शुद्ध खानेपानीको अधिकारलाई सुनिस्चितता गराउनका लागी आफ्नो प्रयास जारी रहने नेता श्रेष्ठले बताउनु भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनले गणेश युवा क्लबलाई सरसफाई तथा फोहोर संकलनको लागी डष्टबिन समेत बितरण गरेको छ । डष्टबिन बितरण गर्दै डाउनटाउनका उपाध्यक्ष सुमन पाठकले देश पसरबर्तनका निम्ति युवा शक्ति जागरुक भई सामाजिक कार्यहरुमा अगाडी बढ्नको लागी प्रेरित गर्नु भएको छ ।


कार्यक्रममा सुर्यगढी गाँउपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकि, वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिबहादुर पौडेल, नेपाली काँग्रेसका युवा नेता शंकर प्याकुरेल, सुनचाँदि हस्तकला ब्यबसायि महासंघका केन्द्रिय अध्यक्ष केशर सेञ्चुरी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल लगायतले सचेत नागरिकहरुको समुहले समुदायको हितको लागी स्थानिय स्तरमै श्रोत र साधनको खोजिगर्दे परिचालन गर्नुपर्ने बताएका छन् । साथै, उहाँहरुले गाँउको बिकासको लागी आफै जागरुक भएर अगाडी बढ्नको लागी युवा पिढिलाई अभिप्रेरित गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका युवा नेता शंकर प्याकुरेलले गणेश युवा क्लबलाई ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । साथै, बिभिन्न दाताहरुले कार्यक्रम स्थलमानै क्लबलाई रकम सहयोग गरेका छन् । कार्यक्रममा बिभिन्न साङिगतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको क्लबका सल्लाहाकार राममणि अधिकारीले जानकारी दिनु भएको छ ।



तपाईको प्रतिक्रिया