Techie IT
×
गृहपृष्ठकृषिऔपचारीक कक्षा सुरु

औपचारीक कक्षा सुरु


बिदुर/पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा औपचारीक रुपमा कक्षा सञ्चालन सुरु भएको छ ।
नुवाकोटको विदुर १ मा रहेको शहिद प्रतिष्ठानको भवनमा शैक्षिक कार्यक्रम सञ्चालन सुरु भएको हो । प्राबिधिक शिक्षालयमा अध्ययन हुने बिषयहरुमा भर्ना भएका बिद्यार्थिहरुलाई अभिमुखिकरण गर्दै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले लाखौँ रुपैयाँ खर्च गरेर अध्ययन गर्नुपर्ने बिषय सहज रुपमा नुवाकोटमै उपलब्ध भएको बताउनु भयो ।
नुवाकोट, रसुवा र धादिङका बिद्यार्थिहरुले प्राबिधिक धारको अध्यन गर्नकाके लागी काठमाण्डौ जानु पर्ने बाध्यतालाई अन्त्य गर्दे सबैको सहकार्यमा नुवाकोटका कक्षा सञ्चालन सुरु भएको बताउनु भयो । शिक्षालयको व्यपकता र प्रभावकारिता वृद्धिका लागि नगरपालिकाबाट अधिकतम सहयोग गर्ने बताउनुभयो । उहाँले समाजिक आन्दोलन मार्फत राजनीतिक आन्दोलनमा सहभागी हुनभएका इमन्दार नेता स्वर्गीय पोष्टबहादुर बोगटीको नाममा शिक्षालय स्थापना गर्न पाउनु अझै गर्वको विषय रहेको बताउनुभयो । विभिन्न खालका परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने महान व्यक्तिहरू जन्माएको नुवाकोटमा ढिलै भएपनि प्राविधिक शिक्षाको विकासका लागि समन्वय गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो ।
कार्यक्रममा पोष्टबहादुर बहुप्राबिधिक शिक्षालयको सञ्चालक समितिका अध्यक्ष एवं नुवाकोटका प्रमुख जिल्ला अधिाकरी झंकनाथ ढकालले विगतमा नुवाकोटमा धेरै काम हुन नसके पनि पछिल्ला वर्षहरूमा महशुष हुनेगरी विभिन्न क्षेत्रको विकास भैरहेको बताउनु भयो । शिक्षालयको स्थापनाले नुवाकोटका स्थानीयले घरकै ढिडो खाएर प्राविधिक शिक्षा पाउने अवस्था सिर्जना भएको बताउनु भयो ।
शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थान, सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालनको अनुमति पाएको शिक्षालयका सञ्चालक समेत रहेका शिक्षामन्त्रीका निजी सचिव विनोद न्यौपानेले जानकारी दिनुभयो ।
सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी) अन्तर्गतको प्राबिधिक बिद्यालयमा अहिले ९८ जना बिद्यार्थिहरु रहेका छन् ।
शिक्षालयको पहिलो बर्षमा बाली विज्ञानमा ४० जना, पशु विज्ञानमा ४० जना र होटल व्यवस्थानमा १८ जना बिद्यार्थिहरु रहेका छन् ।



तपाईको प्रतिक्रिया