Techie IT
×
गृहपृष्ठकृषिफिल्म हलमा च्याउ

फिल्म हलमा च्याउ


त्रिशुली/अधिकांश युवा कामको खोजीका लागि खाडिमुलुक जान भौतारिइरहेका बेला नुवाकोट बिदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीका एक युवा भने च्याउ खेतीमा रमाउन थालेका छन् ।


त्रिशुलीमा रहेको त्रिशुली गंगामाई चलचित्र मन्दिर सञ्चालनका लागी अहिले मापदण्ड नपुगेपछी त्यहि चलचित्र मन्दिर भित्र च्याउ खेती सुरु भएको हो । त्रिशुलीका ३२ बर्षिय नरेन्द्र अमात्यले अहिले फिल्म हलमा च्याउ खेती सुरु गर्नु भएको छ । उनका बुवा महेन्द्र अमात्यले स्थानिय केहि ब्यबसायिहरुसँग मिलेर झण्डै २५ बर्ष अगाडी त्रिशुलीमा त्रिशुली गंगामाई चलचित्र मन्दिरको सुरुवात गर्नु भएको थियो । पाँच सय सिट क्षमताको चलचित्र मन्दिरले राम्रै ब्यबसायिक सुरुवात समेत गरेको थियो । बिनासकारी भुकम्प आउनु भन्दा केहि बर्ष अगाडी सम्म चलचित्र प्रदर्शन हुँदे आएको हलमा मापदण्ड नपुगे पछी बन्द हुन पुगेको थियो ।
झण्डै ३ रोपनी क्षेत्रफलमा फैलिएको सिङगो फिल्म हल केहि बर्ष सम्म यत्तिकै बसेपछी उहाँका छोरा नरेन्द्र अमात्यले नयाँ योजनाको खोजि गर्न थाल्नु भएको थियो । फिल्म हलनै सञ्चालनको लागी प्रशासन र नियामक निकायमा धाउदा मापदण्ड नपुग्ने भएपछी उनि अर्को ब्यबसायिक योजना बनाउदै गएका थिए । नाटकघर सञ्चालन गर्ने, थिएटरको रुपमा बिकसित गर्नको लागी केहि बिशेषज्ञहरुसँग छलफल गरे पनी योजनाले मुर्त रुप नलिए पछी उहाँले ब्यबसायिक रुपमा च्याउ खेती गर्न थाल्नु भएको हो ।


बैभब मल्टिएग्रो फार्म एण्ड नर्सरी नामक एग्रो फार्म दर्ता गरेर उहनले फिल्म हल भित्र च्याउ खेतीको सुरुवात गर्नु भएको हो । सुरुमा उहाँले अहिले २ जनालाई रोजगरि समेत दिनु भएको छ । दिनभर बिद्यालयमा अध्यापन गराउने उनि बिहान बेलुका आफै च्याउ खेतीको संरक्षणमा खटिने गर्नु भएको छ ।
बुवाले सुरु गरेको चलचित्र मन्दिरलाई अहिले पुनःनिर्माण गरि सञ्चालन गर्न २५ करोड भन्दा बढि खर्च हुने भन्दै उहाँले पुरानो संरचनाको संरक्षण तथा एग्रोमा परिचालन गर्नु भएको हो । सुरुवातमा थोरै च्याउ लगाएर परिक्षण गर्नु भएको उनले च्याउको ब्यासायिक यात्रा राम्रो रहेको बताउनुहुन्छ । ३०, ४० हजार रुपैयाँ कमाउन लाखौँ रुपैया तिरेर बिदेशिनु भन्दा आफ्नै ठाँउमा सानो लगानीबाट राम्रो आम्दानी गर्न सक्ने बताउनु हुन्छ । बैदेशिक रोजगारिमा जान ठिक्क परेका २ जनालाई अहिले आफ्नै फार्ममा रोजगारि दिएर राख्नु भएको छ । सुरुमा गरेको परिक्षणमा उत्कृष्ट च्याउ उत्पादन भएपछी हल भरिनै च्याउ लगाउने तयारी गर्न थालनु भएको छ । फार्मबाटनै २ सय रुपैयाँ केजिमा अहिले च्याउ बिक्रि हुँदै आएको छ । भएको संरचनालाई प्रयोग गरि च्याउ खेती गर्दा च्याउको आबाश्यक सामाग्री बाहेक अन्य लगान्ी समेत गर्नु परेको छैन् । बषैँदेखि यत्तिकै खेर गैरहेको संरचनाको समेत सदुपयोग भएको छ ।
च्याउसँगै उहाँले बिभिन्न फलफुलका बिरुवाको नर्सरी, गार्डेनमा लगाउने सजावटका बिरुवाहरु लगायतको नर्सरी समेत सँगै लैजाने सोज बनाउनु भएको छ ।

https://www.facebook.com/groups/3657654544278867

 



तपाईको प्रतिक्रिया