Techie IT
×
गृहपृष्ठकृषिकिसान ठग्दै बद्रि मैनाली

किसान ठग्दै बद्रि मैनाली


बिदुर/नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर २ मा रहेको बागमती प्रदेशका साँसद बद्री मैनाली अध्यक्ष रहेको नुवाकोट शित भण्डार प्रालिले किसानहरुलाई ठगेपछि किसान संघ नुवाकोटले बिज्ञप्ति निकालेको छ ।
नेपाल किसान संघ जिलला कार्य समिति नुवाकोटले बिज्ञप्ति जारी गर्दै सरकारी अनुदानमा निर्माण भएको नुवाकोट शित भण्डारले किसानको माग सम्बोधन नगरेमा आन्दोलनको आधिबेहरीको सामना गर्न चुनौती समेत दिएको छ ।
जिल्ला सचिव शिव गुणीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा पिडित सहित फागुन १० गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी परेको छ । उजुरीमा नेपाल सरकारबाट ११ करोड २५ लाख रुपैयाँ अनुदानमा किसानहरुको हितको लागी कार्य गर्ने गरी निर्माण गरिएको शित भण्डार प्रालिले ५० प्रतिशत छुट दिने सम्झौता गरी चलनचल्तीको भन्दा धेरै भाउ राखेर १० प्रतिशत मात्रै छुट दिएको उल्लेख गरिएको छ । छुट सुबिधा अपारदर्शी भएकाले सरकारसंग भएको सम्झौताको कार्यान्वयन उल्लघंन गरेर बढी रकम असुल गर्दै किसानहरुलाई ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।


नुवाकोट शित भण्डारले नुवाकोट सहित जिल्ला बाहिरका किसानलाई समेत बीउ प्रयोजनको लागी २५ प्रतिशत अनुदान छुट दिनुपर्ने सम्झौता गरेको भएपनि त्यसको पालना नगरी किसाहरुलाई ठग्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।
नुवाकोट शित भण्डारले कार्यालय भित्र राखेको शुल्क बिबरणमा प्रति बोरा ६० केजीको ३ सय १५ रुपैयाँ उल्लेख गरेर किसान संग भने ३ सय ५० रुपैयाँ असुल्दै ठगी गर्दै आएको उजुरीमा उल्लेख गरएको छ । शित भण्डार निर्माणको लागी प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनासँग भएको समझौता बिपरित काम भएको किसानसंघले जनाएको छ ।



तपाईको प्रतिक्रिया