Techie IT
×
गृहपृष्ठअर्थखुले बिद्यालय

खुले बिद्यालय


नुवाकोटको पञ्चकन्या गाउँपालिकाका विद्यालयहरु आईतबारबाट सञ्चालनमा आउने भएका छन् ।
गाउँपालिकाका ४ कर्मचारीसहित ५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कात्तिक २० गतेदेखि बन्द भएका विद्यालय पुनः सञ्चालनमा आउन लागेको शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले जानकारी दिनु भयो । गाउँपालिकाका सबै विद्यालयमा ७ गते आईतवारदेखी प्रत्यक्ष पठनपाठन सञ्चालन गर्ने बताइृएको छ ।
विद्यालय सञ्चालन गर्दा कात्तिक २० गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत कोभिड १९ को सन्दर्भमा ः विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ बमोजिम जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशन पालना गर्नुपर्नेछ ।
कोरोना भाइरस संक्रमणका कारण नियमित पढाई अवरुद्ध भएकोले सबै विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा २००७ बमोजिम संक्रमणकालीन वार्षिक कार्यतालिका र प्रत्येक विषय शिक्षकले संक्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार गरी कार्यान्वयन गर्न समेत बिज्ञप्तीमा अनुरोध गरिएको छ ।
शिक्षा शाखाले कोरोना संक्रमण फैलिएमा अबदेखि विद्यालय खोल्ने र बन्द गर्ने जिम्मा सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई दिएको छ ।
कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै पठनपाठन सञ्चालन गरिन लागिएको गाउँपालिकाले जनाएको छ । पञ्चकन्यामा शुक्रबार मंसिर ५ सम्ममा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।



तपाईको प्रतिक्रिया