Techie IT
×
गृहपृष्ठअर्थबट्टारमा खुल्यो डिजि

बट्टारमा खुल्यो डिजि


बिदुर/युवाहरुको शक्रियतामा बट्टारमा डिजि क्याफे सञ्चालनमा आएको छ ।
सामाजिक कार्यमा शक्रिय रहेका दारी ग्याङका युवाहरुको शक्रियतामा बट्टार क्याम्पस गेट अगाडी डिजि क्याफे सञ्चालनमा ल्याएका हुन् । क्याफेको उद्ध्घाटन गर्दै होटल तथा पर्यटन ब्यबसायि संघ बाग्मती प्रदेशका अध्यक्ष एवं नुवाकोट उद्योग बाणिज्य संघका दिक्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले युवाहरुको शक्रियताले नै मुलुकमा आर्थिक सम्बृद्धि हाँसिल गर्ने बताउनु भयो ।

सामुहिक रुपमा जेटेर होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्नु आजको आबाश्यक्ता रहेको बताउनु भयो ।
शान्त बाताबरणमा रहेर नयाँ स्वाद र परिकारको स्वाद लिन चाहनेहरुको लागी डिजि क्याफे उपयुक्त रहने छ । बिभिन्न क्षेत्रमा क्रियाशिल रहेका युवाहरु एकै स्थानमा जुटेर पर्यटनको पहिलो खुड्किलो होटल तथा रेष्टुरेण्ट क्षेत्रमा आबद्ध हुनु सुखद पक्ष रहेको छ । सामाजिक कार्य सँगै आर्थिक क्षेत्रमा सबल बन्नको लागी सामुहिक लगानीको अबधारण अनुसार सञ्चालनमा आएको डिजि क्याफे युवाहरुको बिश्राम केन्द्को रुपमा रहने सञ्चालकहरुले बताएका छन् । सबै युवाहरुको रोजाईको स्वाद र परिकारलाई क्याफेले सहजिकरण गर्ने सञ्चालकहरुले बताएका छन् ।



तपाईको प्रतिक्रिया