Techie IT
×
गृहपृष्ठअर्थ६ सयको १ लाख : कोरोना बिमा

६ सयको १ लाख : कोरोना बिमा


बिदुर/नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका शम्भुराम दाहाललाई कोरोना बिमा बापतको १ लाख रुपैयाँको चेक सिदार्थ ईन्सुरेन्स कम्पनीले प्रदान गरेको छ ।
पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सभापती कपिलदेब खनाल मार्फत बिमितलाई कोरोना बिमा बापतको चेक हस्तान्तरण गरेको हो । नुवाकोटमा पत्रकार महासंघले जिललामा क्रिायशिल रहेका सबै पत्रकारहरुको सिदार्थ ईन्सुरेन्स कम्पनी मार्फत बिमा गराएको थियो । बिदुर नगरपालिका र रुडेक नामक गैर सरकारी संस्थाको सहयोगमा ९५ जनाको एक बर्ष अबधि रहने गरि कोरोना बिमा गरेको थियो ।
नुवाकोट शाखाबाट बिमा गराएका ६ जनाले बिमाको रकम पाईसकेका छन् । ११ जना पत्रकारमा संक्रमण पुष्टि भएकोमा अब ५ जनाको बिमा बापतको रकम आउन बाँकि रहेको सिदार्थ ईन्सुरेन्स कम्पनी बट्टार शाखाका शाखा प्रबन्धक श्रीकृष्ण आचार्यले जानकारी दिनु भयो । बाँकि रहेकाहरुको समेत कागजात केन्द्रिय कार्यालयमा पुगिसकेकाले छिट्टै बिमाङक रकम आउने उहाँले जानकारी दिनु भयो ।



तपाईको प्रतिक्रिया