Techie IT
×
गृहपृष्ठअर्थपञ्चकन्या गाँउपालिकामा होमस्टे

पञ्चकन्या गाँउपालिकामा होमस्टे


नुवाकोटको पञ्चकन्या गाँउपालिकामा होमस्टे सञ्चालनको तयारी सुरु भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नको लागी होम स्टे सञ्चालनको प्रकृया थालेको गाँउपालिकाका अध्यष तेजबहादुर तामाङ रमेशले जानकारी दिनु भयो । पालिका भित्रका बिीभन्न स्थानमा होम स्टे बिधिबत रुपमा दर्ता गर्दै सञ्चालनको लागी बिधान मस्यौदा निर्माणको लागी समिति समेत निर्माण भएको छ । छिरिङ दोर्जे तामाङको नेतृत्वमा तदर्थ समिति गठन भएको हो । यस्तै, बिधान मस्यौदा निर्माणको लागी ३ सदस्यिय समिति समेत निर्माण भएको छ ।
यस आर्थिक बर्ष २०७७÷७८ मा पञ्चकन्या गाँउपालिकाले होमस्टे सञ्चालन तथा ब्यउबस्थापनको लागी १० लाख रुपैयाँ समेत बजेट बिनियोजन गरेको छ । गाँउपालिका भित्र रहेका बिभिन्न पर्यटकिय स्थलहरुमा आएका आन्तरिक एवं बाह्य पर्यटकहरुको लागी बसोबासको ब्यबस्था नँहुदा एकै दिनमा फर्किन परेको बाध्यतालाई हटाउन गाँउपालिकाको बिभिन्न स्थानमा होम स्टे सञ्चालन गर्ने लक्ष्य लिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनिले बताउनु भयो ।
गाँउपालिका भित्र रहेका पर्यटकिय स्थलहरुको पहिचान र संरषण गर्दै होम स्टे मार्फत आन्तरिक एवं बाह्य पर्यटकहरु गाँउ भित्र्याउने अभियानमा गाँउपालिका जुटेको गाँउपालिकाका अध्यक्ष तामाङले बताउनु भयो ।



तपाईको प्रतिक्रिया