Techie IT
×
गृहपृष्ठअर्थनुवाकोटमा श्रमिकको ज्याला बढ्यो

नुवाकोटमा श्रमिकको ज्याला बढ्यो


बिदुर/नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला ६० रुपैयाँ बढेको छ ।
आर्थिक ऐनअनुसार ५ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी सङ्घ–संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब दक्ष डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा ६० रुपैयाँ बढेको छ । यसअघि दैनिक रु १२ सय पाउने मजदूरले अबदेखि १२ सय ६० रुपैयाँ पाउनेछन् । निर्धारित दररेटअनुसार अब दक्ष कामदारहरुले १२ सय ६० रुपैयाँ प्रतिदिन पाउने छन् । यसँगै अर्धदक्ष कामदारहरुले ८ सय रुपैयाँ र सिकारु अदक्ष कामदारहरुले ७ सय ६५ रुपैयाँ जिल्ला दररेट कायम भएको छ ।
यस्तै, ज्यामी, भरीया, ज्यामी नाईके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, अवाले, ईट्टा वनाउने, क्याम्पर वर्कर, साधारण हेल्पर, ल्याव व्वाय र नर्सरी नाईकेले दैनिक ७ सय ६५ रुपैयाँ पाउनु पर्ने जिल्ला दररेट निर्धारण भएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्बजानिक गरेको नयाँ दररेट अनुसार मौसम रेकर्डर, हेरालु, माली, चौकीदार, पियन, पाले लगायतका कामदारहरुले दैनिक ५ सय २५ रुपैयाँ पाउने छन् ।
आर्थिक बर्ष ७८÷७९ को लागी रक डिलर, हेभी ड्राईभर, वेल्डर, प्लम्वर, बिष्फोटक पदार्थ ढुवानी गर्ने ज्यामि, डकर्मी, नकर्मी, सिकर्मी, चित्रकारी, हेभी सिनियर अपरेटर, कम्प्युटर अपरेटरले दैनिक १२ सय ६० रुपैयाँ पाउने कायम भएको छ । यो अघिल्ल्लो आर्थिक बर्षको भन्दा ५ प्रतिशतले बृद्धि गरि १२ सय ६० रुपैयाँ पु¥याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोट अन्तर्गतको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने निर्णय गरेको छ । मजदूरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताउनुभयो । समितिले निर्धारण गरेको दररेटअनुसारै जिल्लामा कारोवार हुनेछ । आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिाकरी अर्यालले बताउनु भयो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै तुलनामा केहि बृद्धि मात्रै गरेको छ । सामान्य मुल्य बडाएर नयाँ जिल्ला दररेट निर्धारण गरेको छ । समितिले जिल्ला भित्र लागु हुने सबै बिषयमा दररेट निर्धारण गरि सकेको छ । प्रशासन कार्यालय नुवाकोटले निर्धारण गरेको दररेट अनुसारनै नुवाकोटमा कार्यान्वयन हुने बताईएको छ ।



तपाईको प्रतिक्रिया