Techie IT
×
गृहपृष्ठअर्थच्याउमा अनुदान

च्याउमा अनुदान


नुवाकोटको शिवपुरी गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गर्ने भएको छ ।
गाउँपालिकाको आब २०७७÷७८ को स्विकृत बार्षिक कृषी बिकास कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका ८ वटै वडाका स्थानिय कृषक, कृषक समुह तथा सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
निर्वाहमुखि कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा सिताके, कन्य र गोब्रे च्याउको बिउ वितरण गर्न लागिएको शिवपुरी गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सिताके, कन्य वा अन्य च्याउखेती गरिरहेका कृषकहरुलाई बिउ वितरणमा विशेष प्राथमिकता दिईने सुचनामा उल्लेख गरिएको छ ।
उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि गाउँपालिकाको कार्यालयले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको भनाई रहेको छ । पछिल्लो समयमा च्याउखेतीतर्फ शिवपुरीका कृषकको आकर्षण बढ्दै गएको छ ।



तपाईको प्रतिक्रिया