Techie IT
×
गृहपृष्ठशिक्षाथपियो संक्रमित

थपियो संक्रमित


बिदुर/नुवाकोटमा थप १ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार १४५ पुगेको छ । शंक्रिय संक्रमितको संख्या भने ९ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भएको ५३ वटा स्वबको परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको त्रिशुली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशालाले जनाएको छ । संक्रमित हुनेमा शिबपुरी गाँउपालिकाका १ जना महिला रहेका छन् । नुवपाकोटमा अहिले सम्म ११ सय ४५ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ११ सय ३५ पुगेको छ । नुवाकोटको ९ हजार ३ सय ९ जनाको स्वाब परिक्षण भएको थियो ।
अहिले सबै जना संक्रमितहरु होम आर्यसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा ३ जना पुरुष र ६ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल रहेका संक्रमितहरुमा बिदुर नगरपालिकामा ४ जना, शिबपुरी गाँउपालिकामा ३ जना, तादी गाँउपालिकामा १ जना र बेल्कोटगढी नगरपालिकामा १ जना रहेका छन् । संक्रमित सबै जना होम आईसोलेसनमा स्वास्थ्य सतर्कता अपनाएर बसिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कोरोना भाइृरसको संक्रमणको भयाबह भएसँगै नुवाकोटमा ठुलो संख्यामा क्वारेनटाईन र आर्यसोलेसनको स्थापना भएको थियो । संक्रमणको दर घटेसँगै सबै क्वारेनटार्यन अहिले हटाइृएको छ । बिभिन्न स्थानिय तहहरुले संस्थागत रुपमा अहिले ४६ बेडको आईसोलेसन कक्षा तैनाथ राखेका छन् । भने त्रिशुली अस्पताल नुवाकोटमा ५० बेडको आर्यसोलेसन कक्ष रहेको छ । यस्तै, त्रिशुली अस्पताल नुवाकोटमा आपतकालिन अबस्थाको लागी १० बेडको आर्यसियु समेत रहेको छ ।
पछिल्लो परिक्षण अनुसार जिल्ला भित्र कोरोना संक्रमण न्युनिकरण भएको छ । स्थानिय तहको सिफरिसका आधारमा संकलन भएका स्वाबहरु त्रिशुली अस्पताल नुवाकोटमा परिक्षण हुँदै आएको छ । संक्रमणको संभाबित लक्षण देखिएको र संक्रमितको सम्पर्कमा रहेकाहरुको मात्रै स्वाब परिषण हुने गरेको छ ।



तपाईको प्रतिक्रिया