Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय२६ किलोमिटरको भाढा ११ लाख

२६ किलोमिटरको भाढा ११ लाख


एउटा ठुलो १२ चक्के, १६ चक्केमा भरी सामाग्री २६ किलोमिटर पर लैजादा कति भाडा तिर्नु पर्ला । २०, हजार, ५० हजार । हामिले अहिले तिर्दै आएको भाढा दरमा धेरै तिरियो भने सडक कच्चि छ भने ५० हजार रुपैयाँ सम्म तिछौँ । थपाईलाई अचम्म लाग्न सक्छ । एक गाढी सामाग्रको भाढा ११ लाख रुपैयाँ भन्दा ।
हामिले दैनिक प्रयोग गर्ने सामाग्री आयातका लागी रसुवागढी केरुङ नाका पुग्ने ब्यबसायिहरुले एक गाडी सामान रसुवागढी नाका सम्म ल्याएको ११ लाख रुपैयाँ तिर्दै आएका छन् । कोरोना संक्रमणका कारण नेपाली कन्टेनर केरुङ जान पाएको छैन् । चिनियाँ ब्यबसायिहरुकै कन्टेनरले रसुवागढी नाका सम्ममा सामाग्री ल्याउने गरेको छ । तर ११ लाख रुपैयाँ भडा तिरेर । कोरोना संक्रमणको कारण देखाउदै चिनियाँ पक्षले नेपाली कन्टेनर प्रबेस निषेत्र गरेको छ । अनी उनिहरुकै सबारी प्रयोग गर्दा महंगो भाडा तिर्न बाध्य बनेका छन् ।
रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडा दर तोक्दा केरुङ–रसुवा अन्तर्गत २६ किलोमिटर सडकको भाडा नौ लाख रुपैयाँ तिर्न व्यवसायी बाध्य बनेका हुन् ।
सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका पटक पटक बन्द भइरहने भएपछि र सामग्री भित्र्याउने रसुवा बाहेक अर्काे विकल्प नभएकै कारण चिनियाँ पक्षले एकलौटी रुपमा भाडा बढाएको हो । कोभिड १९ का कारण अहिले नेपाली व्यवसायी चीनतर्फ जान पाएका छैनन् । कोभिड १९ कै कारण चीनले आफ्नो क्षेत्रमा नेपाली व्यापारी भित्र्याएको छैन । गोदाममा रहेका सामग्री चिनियाँ ट्रान्सपोर्ट एजेन्टले नाकासम्म ल्याइदिने हुँदा एकतर्फी रुपमा भाडा दर बढेको हो । केरुङबाट नाकासम्मको भाडा अहिले चिनियाँ ट्रान्सपोर्ट एजेन्टले ५५ हजार राएमबी (चिनियाँ मुद्रा) सम्म लिने गरेको व्यवसायीको गुनासो छ । यो रकम करिब नौ लाख नेपाली रुपैयाँ हुन आउँछ । नेपाली कन्टेनर सामाजन लिन जाँदा ५५ हजार नेपाली रुपैयाँमा सामाग्री नाका सम्म आर्यपुग्ने गरेको थियो ।
रसुवा नाकाबाट अहिले अधिकांश रेडिमेड पोशाकका सामग्री भित्रिरहेका छन् । गोसाईकुण्ड ट्रक तथा कन्टेनर व्यवसायी संघका सचिब असोक अधिकारीका अनुसार सिजनका सामग्री भएकाले व्यवसायीले झण्डै नौ लाख नेपाली रुपैयाँ भाडा तिरेर भएपनि ल्याउन बाध्य छन् ।
रसुवा तर्फको भाडा दर घटाउने बारे नेपाल तर्फबाटै चासो नभएको व्यवसायीको गुनासो छ । नेपाल उद्ययोग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठले भाडा दर घटाउनका लागि दुई देशका उच्च अधिकारीहरु बीचको वैठकमा छलफल हुनु जरुरी छ ।सुरक्षा सतर्कता अपनाएर केरुङ सम्म नेपाली कन्टेनर जाने बाताबरण तयार बनाउनु पर्ने उहाँले बताउनु भयो ।
भाडादर आकाशिनुमा ब्यबसायिहरुको समेत गल्ति रहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । जसले धेरै पैसा दियो उसैको सामग्री आउने भएकाले क्रमश भाडा दर आकाशिएको कार्यालयको भनाई छ । भाडादरको बिषयमा व्यापारी स्वयम् बोल्न चाहँदैनन् ।
अहिले रसुवा नाकाबाट दैनिक ८ कन्टेनर नेपाल भित्रिने गरेको छ । यसअघि दैनिक १ सय नेपाली कन्टेनरले सामग्री बोकेर नेपाल भित्रने गरेका थिए । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मिले अहिले दैनिक २०, ३० लाख बराबरको राजस्व संकलन हुने गरेको बताउनु भयो । सहज समयमा यहि नाकामा दैनिक ७ करोड रुपैयाँ सम्म राजश्व संकलन हुने गरेको थियो ।
अहिले यो नाका हुँदै लत्ताकपडा, स्वास्थ्य सामग्री, कच्चा पदार्थका सामान भित्रिएको प्रमुख रेग्मिले जानकारी दिनु भयो । रसुवा भन्सार कार्यालयबाट चिनियाँ व्यापारीलाई भाडाबारे भन्न नमिल्ने उहाँको भनाई छ । भाडा यति धेरै महंगो छ भन्नेबारे आफू अनविज्ञ रहेको उहाँ बताउनुहुन्छ । रसुवातर्फको भन्सारमा भने व्यापार सहजीकरणका लागि सहयोग गर्न व्यक्तिगत रुपमा नेपालतर्फबाट अनुरोध गरिने गरिएको छ । नेपाली व्यवसायीका अनुसार चीनमा करिब एक हजार कन्टेनर सामग्री अड्किएको छ । २ बर्ष अगाढी देखि बिलिङ भएको सामाग्री भन्सारमै रहेको ब्यबसायिहरुको भनाई छ ।



तपाईको प्रतिक्रिया