Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशबलिवुड अभिनेत्री रिया चक्रवर्तीले पाइन् जमानत

बलिवुड अभिनेत्री रिया चक्रवर्तीले पाइन् जमानत


काठमाण्डाै – बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई बुधबार मुम्बईको उच्च न्यायालयले जमानत दिएको छ ।
रियाका साथै दीपेश सावन्त र स्यामुएल मिरान्डालाई पनि न्यायालयले जमानत दिएको छ । तर रियाका भाइ शौविक चक्रवर्ती र अब्दुल बासित परिहारले भने जमानत पाएका छैनन् ।

बुधबार अदालतले रियालाई एक लाख रुपैयाँ धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो ।

रियालाई गएको महिना नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो । उच्च न्यायालयले रियालाई जमानत दिँदै केही शर्त राखेको छ । रियाले आफ्नो पासपोर्ट अदालतमा बुझाउनुपर्नेछ र देशबाहिर जानुअघि अदालतको अनुमति लिनुपर्ने हुन्छ ।

साथै उनले १० दिनसम्म प्रहरीलाई रिपोर्ट गर्नुपर्नेछ । यसको अलाला एनसीबीले जहिले बोलाउँछ रिया उपस्थित हुनुपर्नेछ ।

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणसँग जोडिएको ड्रग्स मामिलामा एनसीबीले रियालाई पक्राउ गरेको थियो ।



तपाईको प्रतिक्रिया