Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियदिनकै कोरोनाको करकर

दिनकै कोरोनाको करकर


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार देशभरका सङ्क्रमित जिल्लाहरुको आधारमा नुवाकोट ३६ औं स्थानमा रहेको छ ।
दुई महिनामा अघिमात्र ५५ औं रहेको थियो । महामारी कोरोनाभाइरसका कारण देशभर सक्रिय संक्रमितको संख्या २८ हजार एक सय ६ रहेको छ भने नुवाकोटमा सात सय ५० रहेको छ ।

सङ्क्रमितको तथ्यांकअनुसार बागमती प्रदेशका जिल्लाहरुमा नुवाकोट ८ औं स्थानमा रहेको छ । पहिलोमा काठमाडौं र अन्तिममा रसुवा जिल्ला रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार सातहजार दुईसय दुई जनाको परीक्षण गरिएकोमा छ हजार चारसय ५२ जनाको नतिजा निगेटिभ आएको छ ।

जिल्लामा कोरोनाको कारण एक जना महिलाले ज्यान गुमाएका छन् । नुवाकोटमा पछिल्लो २४ घन्टामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ७५ जना निको भएका छन । कोरोना भाइरसका कारण जिल्लामा अहिले अस्पतालमा तीन जना, स्थानीय तहले निर्माण गरको आईसोलेसन सेन्टरमा एक जना र होम आईसोलेसन दुईसय ६६ जना गरि कुल दुईसय ७० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनु भयो ।
उहाँका अनुसार अहिलेसम्म जिल्लाका दुइ नगरपालिकाका चारसय ९८ जना र दश गाउँपालिकाका तीनसय १६ जनामा सङ्क्रमण भएको छ ।

जसमा विदुर नगरपालिकाका चारसय ३३ र बेलकोटगढी नगरपालिकाका ६५ जना सङ्क्रमित भएका छन्। यस्तै, सुर्यगढ़ी गाउँपालिकाका ५३, तारकेश्वर ३१, शिवपुरी २९, तादी २८, दुप्चेश्वर २६, ककनी २५, किस्पाङ २१, लिखु १६, पञ्चकन्या १६ र म्यागङ छ जनामा सङ्क्रमित भएका छन् । जिल्लामै अन्य जिल्लाका एक जना नागरिकको कोरोना परीक्षण गरिएकोमा संक्रमण भएको तथ्यांक रहेको छ ।

स्थानीय तहका सङ्क्रमित नागरिकको तथ्यांकमा सबैभन्दा बढी सङ्क्रमित विदुर नगरपालिका र सबैभन्दा कम म्यागङ गाउँपालिकाका नागरिक रहेका छन्। जसमा विदुर नगरपालिकाका महिला एकसय २५ र तीनसय ८ जना पुरुष गरी चारसय ३३ जनामा कोरोना सङ्क्रमण भएको छ । म्यागङका महिला एक र पुरुष ५ जना गरी ६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार महिला तीनसय ६ जना र पुरुष सातसय १२ जना गरि नुवाकोटकाका एकहजार १८ जना नागरिकहरुमा कोरोना संक्रमण रहेको तथ्यांकले जनाएको छ जसमा दुईसय ६८ जना देशका अन्य जिल्लाहरुमा बसोबास गर्दै आएका र उतै परीक्षण गरिएका नागरिकहरुमा संक्रमण भएको जनाएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार अहिलेसम्म जिल्लाभित्र सातसय ५० जनामा संक्रमण भएको छ ।

इसै बिच, पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १ हजार ३०५ पुगेको छ ।



तपाईको प्रतिक्रिया