Techie IT
×
गृहपृष्ठप्रदेशउम्मेद्धवारी प्रबद्धनमा ब्यस्त

उम्मेद्धवारी प्रबद्धनमा ब्यस्त


नेपाल जेसिज बर्ष २०२१ को नतृत्वको लागी सिनेटर रबिन पोखरेल आफ्नो उम्मेद्धवारी प्रबद्धनमा ब्यस्त हुनु भएको छ ।
युवाहरुको संस्थामा युवालाई नै अगाडी बढाउनु पर्ने जेसिज सदस्यहरुको मागसँगै सिनेटर पोखरेलले आफ्नो चुनाबि अभियानलाई तिब्र बनाउदै लग्नु भएको हो ।

जेसिआईमा बिभिन्न बिभागमा रहेर काम गरिसक्नु भएका सिनेटर पोखरेल जेसिज अभियानबाट खारिएका ब्यक्ति हुन् । उहाँले आफ्नो उम्मेद्धवारी प्रबद्धन गर्दै बिभिन्न शाखामा पुगि रहनु भएको छ । नुवाकोट जेसिज बर्ष २०१६ का शाखा अध्यक्ष, नेपाल जेसिजको उपाध्यक्ष, कार्यकारिणि उपाध्यक्ष र राष्ट्रिय अध्यक्षका प्रमुख सहायक भएर काम गरि सक्नु भएका छ । छोटो उमेरमै आफुलाई अब्बल बनाउदै अगाडी बढ्नु भएका पोखरेल जेसिज अभियान बुझेको र बुझाउन सक्ने ब्यत्तिको रुपमा रहनु भएको छ । समय समयमा बिभिन्न शाखामा पुगेर तालीम सञ्चालन गर्ने, जेसिज अभियान्ताहरुसँग नजिकमा रहेर काम गर्ने, र नयाँ आगन्तुक युवाहरुलाई जेसिजमा समाहित हुन उत्शाह जगाउने पोखरेलको उम्मेद्धवारी प्रबद्धन कार्यक्रमले जेसिज माहोलनै तातेको छ ।

पुर्ब मेचि देखि पस्चिम महाकाली सम्मका सबै शाखामा एक प्रकारको हलचलनै पैदा भएको छ । राष्ट्रिय अध्यक्षका उम्मेद्धवार रहेका शाखाका अध्यक्ष एवं पदाकिारीहरुनै यस बर्ष सिनेटर रबिन पोखरेललाई निर्बिरोध निर्बाचित गराउनु पर्ने माग राख्दै आएका छन् । समाचार श्रोतका अनुसार केहि उम्मेद्धवारहरु आफै पछाडी हटिसकेको र पोखरेललाई सहयोग थालेको बताईएको छ ।

उम्मेद्धवारी प्रबद्धनका क्रममा सँगै रहनु भएका नुवाकोट जेसिज बर्ष २०२० का शाखा अध्यक्ष जेसि श्रीकृष्ण आचार्यले शाखाका अध्यक्ष एवं पदाधिकारीहरु सकरात्मक रहेको जानकारी दिनु भयो । सबै क्षेत्रलाई समेट्दै युवाहरुको सकारात्मक सोच परिबर्तन गर्दे अगाडी बढ्ने उदेश्यले जेसिजमा नया उत्शाह जगाएको छ । २५ बर्षे युवकको उम्मेद्धवारी र उम्मेद्धवार प्रबद्धन कार्यक्रमले जेसिज अभियानमा माहोल तातेको छ । अहिले आफ्नो उम्मेद्धपवारी प्रबद्धन कार्यक्रम अन्तर्गत उहाँले जेसिआई सुद्धोदन, जेसिआई सिदार्थ लेडि, जेसिआई सुनवल, जेसिआई तिलोत्तमा, जेसिआई बर्दघाट, जेसिआई देबदह, जेसिआई रामग्राम लेडि, जेसिआई रामग्राम र जेसिआई बुटवल लेडिमा उम्मेद्धवार प्रबद्धन गर्नु भएको छ । बिभिन्न शाखा शाखामा पुगेर शाखाका अध्यक्ष एवं पदाधिकारीहरुलाई भेट्दै अबको जेसिजमको बिषयमा अन्तक्रिया गर्ने, सुझाब संकलन गर्ने र भाबि रणनिति बनाउने कार्य हुँदै आएको नुवाकोट जेसिज बर्ष २०२ण् का शाखा अध्यक्ष जेसि श्रीकृष्ण आचार्यले बताउनु भयो ।

अहिले आफ्नो चुनाबि अभियानलाई तिब्र बनाउन बिभिन्न शाखामा भेटघाटमा ब्यबस्त रहनु भएको छ । शाखा भेटघाटमा मत माग्ने र चुनाबि प्रचार प्रसार भन्दा पनी अबको नेपाल जेसिजलाई कसरी भिन्न बनाउने भन्ने बिषयमा समेत शाखाका पदाधिकारी तथा सदस्यहरुसँग छलफल चलाउदै आउनु भएको छ । दुरी दर्शि योजनाका साथ जेसिज अभियानमा होमिनु भएका उहाँले बित्रिन्न अन्तराष्ट्रिय कार्यक्रमहरुमा समेत नेपाल जेसिजको तर्फबाट प्रतिनिधित्व जनाईसक्नु भएको छ ।

जेसिआईमा समेत राम्रो छाप बनाउन सफल हुनु भएका उहाँ नेपाल जेसिज बर्ष २०२१ को राष्ट्रिय अध्यक्षमा निर्बाचित गराउन सबै शाखाका अध्यक्ष एवं पदाधिकारीहरु एकजुट भएका छन् ।

मिलनसार, मृदुभाषि, कुशल नेतृत्व, निडर ब्यक्तित्व र बिभिन्न संस्थाको नेतृत्व संहालिसक्नु भएका उहाँलाई नेपाल जेसिजको नेतृत्व लिनको लागी जेसिज सदस्यहरुबाटै माग आएकाले अभियान तिब्र बनाएको नुवाकोट जेसिज बर्ष २०२० का शाखा अध्यक्ष जेसि श्रीकृष्ण आचार्यले बताउनु भयो ।



तपाईको प्रतिक्रिया