Techie IT
×
गृहपृष्ठअर्थनुवाकोटमा ३ करोड ८७ लाख

नुवाकोटमा ३ करोड ८७ लाख


बिदुर/सरकारले प्रधानमनित्र स्वरोजगार कार्यक्रम अन्तर्गत नुवाकोटको ९ वटा स्थानिय तहको लागी बजेट पठाएको छ ।
बेरोजगारहरुको सुचिमा सुचिकृत भएका नुवाकोटका ७ सय ४६ जनाको लागी ३ करोड, ८५ लाख, ७३ हजार रुपैयाँ सम्बन्धित स्थानिय तहमा बजेट पठाएको छ । नुवाकोटको बिदुर नगरपालिका, बेल्कोटगढी नगरपालिका र पञ्चकन्या गाँउपालिकामा भने अहिले प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत बजेट पठाएको छैन् ।
बजेट पठाएका स्थानिय तहहरुमा ककनी गाँउपालिका, किस्पाङ गाँउपालिका, तादी गाँउपालिका, तारकेश्वर गाँउपालिका, दुप्चेश्वर गाँउपालिका, म्यागङ गाँउपालिका, लिखु गाँउपालिका, शिबपुरी गाँउपालिका र सुर्यगढी गाँउपालिका रहेका छन् ।
न्ुवाकोटमा सबै भन्दा बढि बजेट तादी गाँउपालिकामा रहेको छ । स्वरोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको सुचिमा सुचिकृत भएका तादी गाँउपालिकाका १ सय ११ जनाको लागी ५७ लाख ३९ हजार रुपैयाँ गाँउपालिकामा पठाएको छ । यस्तै, ककनी गाँउपालिकाको ८७ जनाको लागी ४४ लाख ९८ हजार, किस्पाङमा ७८ जनाको लागी ४० लाख ३३ हजार, तारकेश्वरमा ३६ जनको लागी १८ लाख ६२ हजार, दुप्चेश्वरमा १ सय ६६ जनाको लागी ८५ लाख ८३ हजार , म्यागङ गाँउपालिकामा १ सय १८ जनाको लागी ६१ लख १ हजार, लिखुमा ६५ जनाको लागी ३३ लाख ६१ ह्जार, शिबपुरीमा १३ जनाको लागी ६ लाख ७३ हजार र सुर्यगढी गाँउपालिकामा ७२ जनाको लागी ३७ लाख २३ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।
बेरोजगारको सुचिमा सुचिकृत भएकाहरुले प्रधानमन्त्रि स्वारोजगार कार्यक्रम अन्तर्गत प्रतिब्यक्ति १ सय दिन काम गर्नुपर्ने प्राबधान रहेको छ । गाँउपालिकाले पठाएको बेरोजगारहरुको सुचि अनुसार प्राथमिकताको आधारमा छनौट गरि स्थानिय तहमा बजेट पठाएको हो ।
यस्तै, रसुवामा पनी २ गाँउपालिकाको लागी मात्रै अहिले बजेट प्राप्त भएको छ । उक्तर गया गाँउपालिका र कालीका गाँउपालिकाको लागी ४१ लख ३७ हजार रुपैयाँ पठाएको छ । जसमा उक्तर गया गाँउपालिकाको लागी ४४ जनालाई २२ लाख ७५ हजार र कालीका गाँउपालिकाको ३६ जनाको लागी १८ लाख ६२ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।
स्थानिय तहले बेरोजगारहरुको सुचि प्रकाशन गरि केन्द्रमा बजेट माग गरे पछी मात्रै केन्द्रले प्राथमिकताको आधारमा बजेट निकासा गर्ने गरेको छ । बरोजगारको सुचिमा समाबेस भएकाहरु स्थानिय तहको बिकास निर्माण लगायत कोषले तोकेको क्षेत्रमा १ सय दिन काम गर्नु पर्ने छ । बार्षिक रुपमा न्युनतम १ सय दिन रोजगारि उपलब्ध गराउने उदेश्यले सरकारले यो कार्यक्रम लागु गरेको हो ।
सरकारले देशभरका युवा बेरोजगारको सूचीमा सूचीकृत भएकामध्ये दुई लाख नागरिकलाई रोजगारीका लागि रकम निकासा गरेको छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले ५ सय ६९ पालिकालाई तीन अर्ब रुपैयाँ अनुदानका रूपमा ससर्त पठाएको हो । सरकारले बजेटमा घोषणा गरे अनुसार दुई लाख रोजगारी सिर्जना गर्न हालसम्म छ अर्ब ८९ करोड रुपियाँ स्थानीय तहमा पठाइसकेको छ ।
कार्यक्रमले पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरेर प्राथमिकताका आधारमा मङ्सिर १५ भित्र रोजगार सेवा केन्द्रमा उपलब्ध गराउन आग्रह गरेको छ ।
तोकिएको समयभित्र आवेदन नपठाउने पालिकामा यो वर्षको रोजगार कार्यक्रमका लागि छुट्याइएको बजेट पठाउन नसकिने रोजगार कार्यक्रम सचिवालयले उल्लेख गरेको छ । जुन जुनपालिकाबाट मङ्सिर १५ भित्र आवेदन आउँछ, ती सूचीकृत गर्ने र बजेट पठाउने त्योभन्दा पछि पठाउने पालिकामा बजेट पठाउन नसकिने कार्यक्रमले स्पष्ट पारेको छ ।
पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरी रोजगार संयोजकसमक्ष पठाएपछि संयोजकले बेरोजगारीको सूचीमा सूचीकृत गर्छन ।



तपाईको प्रतिक्रिया