Techie IT
×
गृहपृष्ठप्रदेशआन्तरिक द्धन्द्धले सेवा प्रभाबित

आन्तरिक द्धन्द्धले सेवा प्रभाबित


संविधानले परिकल्पना गरेको स्थानिय सरकार नागरिकका लागी भन्दा जनप्रतिनिधिलाई अबसर लिएर आएको नुवाकोटमा महशुस हुन थालेको छ ।
नुवाकोटका १० वटा गाउँपालिका र दईवटा नगरपालिकाका प्रमुख र उपप्रमुख बिचमा देखिएको आपसि द्धन्द्धले बिकास निर्माणका योजना देखि कार्यालयगत रुपमा समस्या देखिन थालेको छ । निर्वाचित भएको तीन वर्ष बितिसक्दा पनि जिल्लाका १० वटा गाउँपालिका र दुईवटा नगरपालिकाका प्रमुख– उपप्रमुखबीचको सम्बन्ध सुध्रिन सकेको छैन ।
नुवाकोटका केही स्थानीय सरकारको कार्यशैली र गतिविधिका कारण नागरिक मात्रै होइन, अवसर पाप्त नगर्ने जनप्रतिनिधि समेत विपक्षमा उभिन थालेका छन् । विशेषगरी एउटै पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका पम्रख र ु उपपम्रखबीच विवाद चुलिदै गएको छ । निर्वाचित भएको तीन वर्ष बितिसक्दा पनि पालिकाका प्रमुख–उपप्रमुखबीच सम्बन्ध सुधार हुन नसक्दा गाउँपालिकाको सेवा पवाह र विकास निर्माण पभावित भइरहेको छ ।
त्यस्तै, बेलकोटगढी नगरपालिकामा पनि प्रमुख र उपप्रमुख बिचमा लामो समय देखि
बेमेल रहदै आएको छ । म्यागङ र सूर्यगढी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांगेसबाट, तारकेश्वर र बेलकोगढीमा प्रमुख र उपप्रमुख नेकपाबाट निर्वाचित छन् ।
उता, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादर वस्ती र तारादेवी रिमालबीच लामो समयसम्म संवादहीनता रह्यो । पार्टीले सम्बन्ध सधारका लागि पहल गरे पनि आपसि द्धन्द्ध र अडानका कारण औपचारिकताका लागी बोलचाल मात्रै रहेको छ ।
तारकेश्वर गाउँपालिकाको सवारीसाधन अध्यक्षले निजी सवारीसाधनझैं प्रयोग गर्ने र उपाध्यक्ष गाउँपालिकाकै काममा पनि अरूसँग ‘लिफ्ट’ माग्नपर्ने अवस्था आएपछि उनीहरूबीचको विवाद सतहमा आएको हो । गाउँपालिकाले उपाध्यक्षलाई एक थान स्कुटर खरिद गरेर उपलब्ध गराएको भए पनि तारकेश्वर गाउँपालिकाको सडक अवस्थाका कारण खासै स्कुटर प्रयोग हुन सकेको छैन् ।
विकास निर्माणको नाममा विनियोजन हने बजेटमा समेत अपारदर्शिता रहेको ु उपाध्यक्ष रिमालको दाबी छ । पार्टीको नेताहरूलाई खसी पार्दै आफू अनुकूलु अध्यक्षले बजेट कार्यान्वयनको प्रयास गर्ने गरेकाले आन्तरिक द्धन्द्ध उत्कर्षमा पुगेको बताईएको छ ।
तीन तहमा नेकपाको सरकार भए पनि म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङको अनियमित काममा स्थानीय नेकपाका नेता साक्षी बसिरहेका छन् । सर्यगढी गाउँपालिकाका उपाध्यक्ष ु मञ्ज बुढाथोकीले आफ्नो पदीय अभ्यास गर्न नपाएको र प्रायः काममा अध्यक्षको हस्तक्षेप रहँदै आएको गनासो गर्दै आउनु भएको छ ।
गाउँपालिकाले सम्पादन गर्ने काममा सामान्य सोधनी हुने गरेको भए पनि निर्णयगत तहमा आफ्नो कनै हैसियत र भूमिका नरहेको उहाँको भनाई छ । बेलकोटगढी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपाकै छन् । तर, नगरपालिकाले गर्ने काम र नागरिकको ‘कनेक्सन’मा व्यापक ध्रुवीकरण छ ।
पूर्वएमालेनिकटका नगर प्रमुख राजेन्दरमण खनाल र पूर्वमाओवादी केन्द निकटका उपपम्रख कविता ढुङ्गानाको समेत सम्बन्ध सुमधुर बन्न सकेको छैन् । पार्टि एकिकरण भए पनी उनिहरु बिचको सम्बन्ध भने पुर्ब एमाले र पुर्ब माओबादी सरहनै रहेको छ ।
कोरोना सङ्क्रमण सरु भएपछि नगर प्रमुख खनालले नगरपालिकाको कार्यालयभन्दा पारिपट्टि डाँडोमा रहेको ‘क्वाटर’बाट नगरपालिकाको काम गरिरहेका छन् । उपप्रमुख ढुङ्गाना नगरपालिकाको कार्यालयसँगै रहेको ‘क्वाटर’मा रहेर काम गर्दै आउनु भएको थियो ।
उपप्रमुखमार्फत आएको काम भन्नेबित्तिकै फाइल नै हुत्याउने गरेको गुनासो सेवागाहीले पटक–पटक बाहिर ल्याएका छन् । वल्लोडाँडा र पल्लोडाँडामा बसेर नगरपालिकाको कामकाज समालेका प्रमुख र उपप्रमुखबीच गतिलो संवाद हुने गरेको छैन ।
कोरोना सर्ने भन्दै गएको चैतदेखि युनोप्सको फिल्ड अफिसको भवनसँगै बसेका प्रमुख खनालले तारबारले घेरेर भित्र कसैलाई प्रवेश दिएका छैनन् । तारबार बाहिरैबाट नगरवासीले प्रमुखसँग संवाद गर्नुपर्ने र उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत तारबार बाहिरबाट प्रमुखसँग ठूलो–ठूलो स्वरमा बोलेर छलफल गरिरहेको अवस्था छ ।
नागरिकहरुको काम गर्नका लागी निर्बाचित जनप्रतिनिधिहरु आफैमा संबादहिन अबस्थामा पुग्दा कर्मचारीमा समेत प्रभाब देखिएको छ । नेकपा नुवाकोटका नेता बुद्धि प्रधानका अनुसार पार्टिले स्थानिय तहमा मिलेर काम गर्न निर्देशन जारी गरे पनी आपसि द्धन्द्ध कायमनै रहेको बताउछन् । जनताको प्रत्यक्ष कामको लागी निर्बाचित जनप्रतिनिधिहरु आफैमा अपारदर्शि र अब्यबहारिक बन्दा सेवाग्राहिहरु समस्यामा पर्दे आएको उहाँले बताउनु भयो ।
यता, नेपाली काँग्रेस नुवाकोटका प्रबक्ता राजु थापाले आपसि द्धन्द्धले स्थानिय तहको बिकास हुन नसक्ने बताउनु हन्छ । जनताको काम गर्न निर्बाचित भैसकेपछी आफ्ना ब्यक्तिगत बिषयलाई लिएर स्थानिय तहमा भाँडभैलो गर्नु गैर जिम्मेवारी पन रहेको उहाँले बताउनु भयो ।
जिल्लाको उपप्रमुख–उपाध्यक्षहरूको अधिकार प्रयोगको विषयमा थुपुै घटना सतहमा आएका छन् । नुवाकोटका केहि स्थानिय तहमा अध्यक्ष र उपाध्यक्ष बिचमा बोलचाल समेत बन्द भएको छ । अध्यक्षहरूको आफ्नै शैलीका कारण उपाध्यक्षहरूले गर्न थालेको आन्तरिक विद्रोहका कारण स्थानीय सरकारको काममा समेत समस्या आउन थालेको छ ।
आफ्नो पीडा र समस्याको विषयमा बाहिर अभिव्यक्ति दिने उपाध्यक्षहरूलाई गाउँपालिका अध्यक्षहरूले अहिले पेल्न थालेका छन् । यसरी अध्यक्ष र उपाध्यक्षबीचमा विवाद बढेको स्थानीय तहमा म्यागङ गाउँपालिका, सूर्यगढी गाउँपालिका, तारकेश्वर गाउँपालिका अग्र स्थानमा रहेका छन् ।



तपाईको प्रतिक्रिया