Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसंकलन नहुने परिक्षण मात्रै

संकलन नहुने परिक्षण मात्रै


त्रिशुली अस्पताल नुवाकोट

बिदुर/त्रिशुली अस्पतालमा मङ्गलबारदेखि अर्को सूचना नभएसम्मको लागि स्वाब संकलन बन्द भएको छ ।


सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै कोभिड १९ पिसिआर परीक्षणको लागि प्रदेशस्तरीय कोभिड १९ प्रोटोकल अनुसार नमुना स्वाब संकलन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएअनुसार अस्पतालमा हुने स्वाब सङ्कलन कार्य मङ्सिर ९ गतेदेख अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

अस्पतालमा उपचारको लागि आकस्मिक अवस्थामा आएका, भर्ना भएका, अपरेसन गर्नुपर्ने तथा ओपिडी सेवामा आएका बिरामीको प्रोटोकल अनुसार चिकित्सकको सिफारिसको आधारमा स्वाब संकलन गर्ने उहाँले बताउनु भयो ।

यसअघि अस्पतालमा हरेक सोमबार र बिहिबार नमुना स्वाब परीक्षण गर्ने गरेको थियो ।



तपाईको प्रतिक्रिया