Techie IT
×
गृहपृष्ठप्रविधीबल्ल खुल्यो बिद्यालय

बल्ल खुल्यो बिद्यालय



बिदुर/नुवाकोटमा कोरोना महामारीका कारण बन्द विद्यालय खुलेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय खोल्न निर्देशन दिएपछि कक्षाकोठामै पठनपाठन थालिएको हो ।
बेलकोटगढी नगरपालिका, तादी, दुप्चेश्वर, पञ्चकन्या, सूर्यगढी, शिवपुरी, म्यागङ, किस्पाङ गाउँपालिकाका विद्यालयमा आइतबारदेखि पढाउन थालिएको हो । ‘स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालनमा ल्याएको तादी गाँउपालिकाका अध्यक्ष नारायण पाण्डेले बताउनु भयो ।
तादी गाँउपालिका भित्र रहेका २९ वटा बिद्यालयहरुमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै दुरी कायम गरेर बिद्यालय सञ्चालन गरेको उहाँले बताउनु भयो ।
पञ्चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित ५ जनामा कोरोना संक्रमण देखिएपछि बीचमा वैकल्पिक विधिबाट पढाउन खुलेका विद्यालय गत कात्तिक २० बाट बन्द गरिएका थिए । अहिले अवस्था सामान्य बन्दै गएकाले पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले जानकारी दिनु भयो ।


विद्यालय खोल्न सरकारले कात्तिक २० मा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ जारी गरेको थियो । सोहीबमोजिम स्थानीय तहहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए । कोरोना महामारीका कारण नियमित पढाइ अवरुद्ध भएकाले सबै विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार वार्षिक कार्यतालिका बनाई कक्षा सञ्चालनमा ल्याएका छन् । प्रत्येक विषय शिक्षकलाई संक्रमणकालीन वार्षिक शिक्षण योजना बनाई अध्यापन गर्नसमेत भनिएको छ ।


कोरोना संक्रमण फैलिएमा अबदेखि विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ । जिल्लामा १२ वटा स्थानीय तहमा ४ सय ३३ सामुदायिक र ५० संस्थागत विद्यालय छन् । जसमा करिब ७० हजार विद्यार्थी अध्यन गर्दै आएका छन् ।



तपाईको प्रतिक्रिया