Techie IT
×
गृहपृष्ठप्रविधी५३० जनामा निको

५३० जनामा निको


बिदुर/सरकारी तथ्यांकअनुसार कोभिड–१९ निको हुने दरमा उल्लेख्य सुधार देखिएको छ ।
एक सातायता कोभिड निको हुने दरमा ६.९७ प्रतिशत सुधार भएर आइतबार ९०.३ प्रतिशत पुगेको छ । पछिल्लो समय पीसीआर परीक्षण घटेर संक्रमितको संख्या कम देखिएकाले निको हुने दर बढेको हो । संक्रमितको प्रतिशत भने घटेको छैन । केही दिनयता सरदर सय जनाको पीसीआर गर्दा २० जनाभन्दा बढीलाई पोजिटिभ देखिएको छ ।
नुवाकोटमा सोमबार पनी ७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ८३ पुगेको छ । थप भएको संक्रमितमा बिदुर नगरपालिकाका ४ जना पुरुष, ककनि गाँउपालिकाका १ जना महिला, किस्पाङ गाँउपालिकाका १ जना पुरुष र तारकेश्वर गाँउपालिकाका १ जना पुरुष रहेका छन् । ७ सय ८३ जना संक्रमित मध्ये ५ सय ३० जनामा संक्रमण निको भएर घर फकिएका छन् ।


अहिले त्रिशुली अस्पताल नुवाकोटको आर्यसोलेसनमा ५ जना शिबपुरीको संस्थागत आर्यसोलेसनमा १ जना र होम आईसोलेसनमा २ सय ५२ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सोमबार मात्रै नुवाकोटमा ११ जनामा संक्रमण निको भएको छ । अहिले सम्म नुवाकोटमा ७ हजार ३ सय ८३ जनाको स्वाब संकलन गरि परिक्षण भएको ।



तपाईको प्रतिक्रिया