Techie IT
×
गृहपृष्ठअर्थतिब्र बिकास निर्माण

तिब्र बिकास निर्माण


बिदुर/तादी गाउँपालिकामा विकास निर्माणको कार्यहरुले तिब्रता पाएको छ ।

भौतिक पूर्वाधारहरुको केही काम सम्पन्न भएसंगै अन्य बाँकी बिकास निर्माणका कार्यहरु तिव्र गतिमा अगाडि बढीरहेको गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले बताउनु भयो । अध्यक्ष पाण्डेका अनुसार सडकलाई फराकीलो बनाउने, भवन निर्माण, खानेपानी ट्याङ्की निर्माण, ढलान गर्ने, धार्मिक मठमन्दिर एवं पुनःनिर्माण कार्यहरु अघि बढीरहदा कोरोनाले बिकास निर्माण कार्यलाई प्रभावित बनाए पनि कामले तीव्रता पाएको बताउनु भयो ।


गाँउपालिका भित्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले पनी ७ जना होम आईसोलेसनमा बस्दै आएका छन् । गाँउपालिकाले विदेश तथा अन्य क्षेत्रबाट आउनेहरुलाई गाउँपालिका स्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ ।

हेल्थ पोष्ट, स्कुल तथा वडामा सेवा लिन आउनेहरुको लागि स्यानीटाइजर, साबुन र मास्कको व्यवस्था गरेको छ । साथै कोरोना भाइरसबाट वास्तविक प्रभावित, अति विपन्न तथा अशक्त भएका घर परिवारहरुलाई राहत समेत वितरण कार्य गरेको उहाँले बताउनु भयो ।

यस्तै, स्थानिय तहमा रहेका बेरोजगारहरुलाई बार्षिक १ सय दिन रोजगार दिने प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत यस बर्ष १ सय ११ जना समाबेस भएका छन् । जसका लागी केन्द्रबाट ५७ लाख ३९ हजार रुपैयाँ बजेट समेत प्राप्त भएको छ । यसका लागी केहि रकम स्थानिय तहले समेत बिनियोजन गरेको छ । गाँउपालिका भित्र रहेका १ सय ११ जना बेरोजगारहरुलाई परिचालन गर्दै गाँउपालिकाको बिकास निर्माण तथा स्थानियहरुको आयआर्जनको क्षेत्रमा रकम खर्चिदै आएको छ ।


यस्तै, गाँउपालिकाले कृषि क्षेत्रमा आवद्ध रहेको युवाहरुको लागि शुलभ तरिकाले ऋण दिएर कुखुरा पालन र तरकारी खेती लगायत अन्य क्षेत्रहरुमा युवाहरुलाई सक्रिय बनाउने उद्येश्यले गाँउपालिकाले सहकारी र सुमह मार्फत बिउ पुँजि समेत परिचालन गरेको उहाँले जानकारी दिनु भयो ।


कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभाबित भए पनी कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्दै बिकास निर्माणका कामलाई प्रभाबकारी रुपमा अगाडी बढाएको छ । शक्रिय कोरोना संक्रमितको संख्या कम भए पनी स्थानिय तहको बिकासमा प्रत्यक्ष प्रभाब पारेको छ । गाँउपालिकाले पछिल्लो २ बर्षदेखि नयाँ सडक निर्माण नगर्ने योजना लिएको छ । ट्रयाक खुलेका सडकहरुलाई ब्यबस्थित गर्दै स्तरउन्नतीमा गाँउपालिकाले जोड दिएको छ ।



तपाईको प्रतिक्रिया