Techie IT
×
गृहपृष्ठप्रदेशनुवाकोटमा पुलिसको राजनिति

नुवाकोटमा पुलिसको राजनिति

नुवाकोट प्रहरी प्रमुखको मनोमानी


नुवाकोट प्रहरीले कुटपिटबाट पिडित भएका व्यक्तिलाई समेत थुनामा राखेको छ । मंगलवार बेलकोटगढी नगरपालिका वडा नं. १३ शक्तिमावि नजिकै मादकपदार्थ सेवन गरेका एक व्यक्तिले स्थानीय मधुसुदन लोहनीलाई कुटपिट गरेका थिए । सन्तोष पाण्डेले मदिराको सुरमा लोहनीलाई घाइते बनाएका हुन् । स्थानीयहरुले छुट्याएपछि अनुहारबाट रगत बग्दैगर्दा राती नै प्रहरीलाई बोलाएर पाण्डेलाई जिम्मा लगाएका थिए । घाइते मधुसुदन लोहनीको घाउ जाँच र उपचार गर्ने भन्दै प्रहरीले संगै विदुर लिएर आएकोमा पछि दुवै पक्षको झगडा हो भन्दै घाइतेलाई हिरासतमा राखेको हो ।
कुटपिटबाट घाइते भएका लोहनीलाई नै मंगलवार रातीदेखि नुवाकोट प्रहरीले हिरासतमा लिएको छ । दुवै पक्षलाई थुनेको र घाइतेको उपचारका लागि समेत बाहिर लैजान दिएको छैन । पिडितको परिवारसंग प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की दिउँसोभरी नै सम्पर्कमा आउन चाहेका थिएनन् । बागमती प्रदेशका प्रहरी प्रमुख नुवाकोट आएको र उनलाई घुमाउन जानुपर्ने भन्दै एसपी कार्कीले यस घटनालाई पछि हेर्ने र आफु नआएसम्म दुवै जनालाई थुन्न आदेश दिएको बुझिएको छ ।
पिडितका आफन्तहरुले घाइतेलाई नै थुनेर प्रहरीले गरेको अनुसन्धान नियोजित र षड्यन्त्रपूर्ण रहेको बताइरहेको छ । घाइतेको घाउ जाँचका लागि प्रहरीले अस्पताल समेत लगेको छैन । मधुसुदन लोहनीको अनुहारमा चोट लागेको छ भने खकारबाट रगत आइरहेको परिवारले जनाएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आधिकारी धारणा सार्वजनिक गरेको छैन ।
नुवाकोट प्रहरीले यस अघिका थुप्रै घटनामा अपराधिलाई उन्मुक्ति दिदै आएको छ । विदुर नगरपालिका वडा नंं १२ मा दसैं अघि भएको कुटपिटको मुद्दा समेत प्रहरीले अहिलेसम्म दर्ता गर्न मानेको छैन । दुई जना घाइते अहिलेसम्म काठमाडौंमा उपचार भइरहेको छ । त्यस्तै विदुर नगरपालिकाका एक सहकारीबाट ३५ लाख डकैती गरेर फरार रहेका कर्मचारीको विरुद्ध सहकारीले दिएको उजुरी समेत प्रहरीले दर्ता गरेको छैन । दोश्रो पटक समेत उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका त्यस सहकारीका अध्यक्षलाई एसपी तुलबहादुर कार्कीले फर्काएका छन् । दुई महिनादेखि सहरकारीको उजुरी बोकेर पदाधिकारीहरु प्रहरी कार्यालय परिषर घुमिरहेका छन् । पत्रकारको आफन्तनै सहकारी डकैतीमा सम्लग्न रहेको र फरार भएपछि प्रहरीले घटनालाई छोप्न उजुरी लिन नमानेको हो ।



तपाईको प्रतिक्रिया