Techie IT
×
गृहपृष्ठअर्थउद्योग दिबसमा २ जना सम्मानित

उद्योग दिबसमा २ जना सम्मानित


छैटौ उद्योग दिबसको अबसरमा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले २ जना उद्यामिलाई सम्मान गरेको छ । सम्मनित हुनेहरुमा सापकोटा गाई फर्म ईनारपाटिका साबित्रि सापकोटा र त्रिशुली ओम बेकरीका निलम रञ्जितलाई सम्मान गरेको छ ।


दिबसको अबसरमा कार्यालयमा आयोजित कार्यक्रममा साना तथा घरेलु उद्योगिहरुमा परेको समस्या, समाधान र आपसि समझदाीको बिषयमा अन्तक्रिया समेत भएको छ । नुवाकोट उद्योग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेतीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोरोनाका कारण साना तथा घरेलु तथा साना उद्योगिहरुमा परेको समस्या सहजिकरणका लागी कार्यालयले समन्वय गरिदिन आग्रह गरीएको छ ।
उद्ययोगिहरुसँग सरकोर राख्ने कार्यलय तथा संघ संगठनका प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको कार्याक्रममा ब्यबसायिक उत्थान, घरेलु तथा साना उद्योग कार्यालयबाट हुने सेवा प्रबाह, उद्यमिहरुको ब्यबसायिक योजना र समयानुकुल क्षमता अभिबृद्धि लगायतको क्षेत्रमा कार्यालयले काम गर्नुपर्ने नुवाकोट उद्ययोग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो । साथै, घरेलु तथा साना उद्योग कार्यालयमा महिलाको नाममा उद्योग दर्ता हुँदा १ सय रुपैया लाग्दै आएको मा अहलिे १२ हजार रुपैयाँ पुगेको भन्दै आपत्ति जनाउनु भएको छ । यसलाई तत्कालै संसोधन गर्दै सरल र सहज बनाउनु पर्नेमा जोड दिनु भयो ।
लामो समय सम्म कोरोना भाईरसका कारण थलिएको उद्योग क्षेत्रको पुनःउत्थानको लागी सम्बनिधत कार्यालयबाट हुनु पर्ने पहलकदमिमा कमि भएको कायृक्रममा सहभागीहरुले बताएका छन् ।



तपाईको प्रतिक्रिया