Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियटोल टोलमा अभियान आबाश्यक

टोल टोलमा अभियान आबाश्यक


बिदुर/लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

दिबसको अबसरमा बिभिन्न संघसंस्थाहरुले बिदुर चोकमा दिप प्रज्वलन गरेका छन् । बिदुर नगरपालिकाको अगुवाईमा मानब अधिकारको क्षेत्रमा काम गर्ने सबै संस्थाहरुले बिदुर चोकमा दिपप्रज्वलन गर्दै अभियानको सुरुवात गरेका छन् ।

लैङिगक हिंसा अन्त्यको प्रतिबद्धता ः ब्यक्ति, समाज र सबैको एक्यबद्धता भन्ने अन्तराष्ट्रिय नाराका साथ १६ दिने अभियान हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना हुँदै आएको छ । विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेको प्रतिबेदन रहेको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडाले गर्भ देखिनै लैङिगक हिंसा हुने गरेको बताउनु भयो । लैङिगक हिंसा बिरुद्ध अभियान मात्रै नभई प्रत्येक दिन सबै नागरिकहरु प्रतिबद्ध हुनु पर्नेमा जोड दिनु भएको छ । भुगोल परिबेस अनुसार हिंसाका प्रकृति समेत फरक पर्ने भएकाले सबै टोल टोलमा यो अभियान आबाश्यक रहेको बताउनु भयो ।

यस्तै, कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले अभियान बजार केन्द्रित भन्दा पनी ग्रामिण भेग सम्म पुग्नु पर्ने बताउनु भयो । घरघरबाट लैङिगक हिंसा बिरुद्धको अभियान सञ्चालन भएमा मात्रै यसले सार्थकता पाउने उहाँको भनाई छ ।

कार्यक्रममा बिदुर नगरपालिकाका उपप्रमुख गिता कुमारी दाहालले हिंसा रहित समाज निर्माण आजको आबाश्यक्ता रहेको बताउनु भयो । स्थानिय तहले समेत हिंसा निबारणको लागी बिभिन्न अभियान र कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो ।
त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार हुनु परेको तथ्याङ्कले देखाउने गरेको छ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जान÷अञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको छन् ।


महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । त्यसै अनुसार यो १६ दिने अभियान सञ्चालन हुँदै आएका छ ।

लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात गर्दै बिदुर चोकमा दिपप्रज्वलन गरेर ।



तपाईको प्रतिक्रिया