Techie IT
×
गृहपृष्ठप्रदेशपदमार्गलाई निरन्तरता दिदै सेना

पदमार्गलाई निरन्तरता दिदै सेना

ईतिहाँस जोगाउदै नेपाली सेना


नेपाल एकीकरणको इतिहाससँंग जोडिएका पुराना ईतिहासका गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नुवाकोटमा रहेको नेपाली सेनाको जबर जंग गणले ‘एकीकरण पदमार्ग’ लाई निरन्तरता दिने भएको छ ।
पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजा रजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको कुराहरुलाई निरन्तरता दिदै संरक्षण गर्न जबरजङ गणले अन्तक्रिया गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले पृथ्बीनारायाण शाहले नेपालको बाईसे÷चौबिसे राज्यहरुलाई गोर्खा राज्यको बिस्तारमा गाभ्दै बृहत्तर मुलुक निर्माण भएको ईतिहाँसलाई संरक्षण गर्न सबै निकाय लाग्नु पर्ने बताउनु भयो ।
नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए । उनले त्यसपछि क्रमशः काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफल भएका थिए । राजा पृथ्बिनारायण शाहले गोरखा देखि सुरु गरेको नेपाल एकिकरणको अभियानलाई पदमार्गमा बिस्तार गर्दे पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्नु पर्ने बताउनु भयो ।
नेपाली सेनाले एकिकरण अभियानमा राज्यबाट सहयोगको लागी आफुले पहल गर्ने सांसद खतिवडाले प्रबिद्धता जनाउनु भएकोक छ ।
त्यस्तै,नेपाली सेनाको नम्वर ६ बाहिनीका बाहिनीपति सहायक रथी सुनील श्रेष्ठल नेपाल एकीकरणका लागि तत्कालीन राजा पृथ्वीनारायण शाहले ससाना राज्यहरूलाई आक्रमण गरि एकीकरणको थालनि गरेका स्मरण गर्नुभएको छ । सेना सुदृढिकरण र स्थापना पनी राजा पृथ्बिनारायण शाहले नुवाकोटबाटै सुरु गरेको ईतिहाँस रहेकाले पदमागषर््को संरक्षण गर्नु नेपाली सेनाको दायित्व समेत रहेको उहाँले बताउनु भयो ।
नुवाकोट स्थित नेपाली सेनाको जबर जंग गणका गणपति उदय बहादुर लामिछानेले गत वर्ष देखि सुरु गरिएको एकीकरण पदमार्ग अभियानलाई निरन्तरता दिने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी दिनुभएको छ । पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन तामझामका साथ मनाउनु पर्ने गणपति लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकीकरण पदमार्ग पुष २० गते गोरखा दरबारबाट सुरुभई हुने दीपज्योती धादिङको बोर्लाङघाटमा देबिदत्त गणलाई हस्तान्तरण गरिने जानकारी समेत दिनुभयो । एकीकरण पदमार्ग धादिङको टोलीले सल्यानटार, चरंगे, कटुञ्जे हुँदै पुष २३ गते नुवाकोट र धादिङको सीमामा जबर जंग गणलाई हस्तान्तरण गर्ने र जबरजंग गणले सामरी, कागुने, देउडी, कल्याणपुर, बाघटार, खिञ्चेत हुँदै शुभघाटमा रात्री बिश्राम गरेपछि भोलिपल्ट गेर्खुटार, क्यौरिनी चौतारा, नुवाकोट दरबार, धरमपानी, शेराफाँट हुँदै चतुराले पुग्ने छ । पुष २६ गते जबर जंग गणका सेनाको टोलीले चतुरालेबाट रानिपौवा हुँदै नुवाकोट र काठमाडौंको सीमामा काठमाडौंको शमशेरदल गणलाई दीपज्योती हस्तान्तरण गर्ने र शमशेरदल गणले पदयात्रा सहित हनुमानढोकामा दीपज्योती दिएपछि एकीकरण पदयात्राको समापन हुने उहाँले जानकारी दिनुभएको छ ।



तपाईको प्रतिक्रिया