Techie IT
×
गृहपृष्ठपत्रपत्रिकापुरानै निरन्तरता देउ

पुरानै निरन्तरता देउ


त्रिशुली/त्रिशुली अस्पतालमा स्वाब संकलन नगर्ने निर्णय भएसँगै नागरिकहरुबाट बिरोध सुरु भएको छ ।

अस्पतालले प्रदेश प्रयोगशालाको प्रटोकल भन्दै सम्बन्धित स्थानिय तहमा  संकलन गर्ने र परिक्षण मात्रै त्रिशुली अस्पतालमा गर्ने निर्णय गरेको थियो । बाग्मती प्रदेशको परिपत्र भन्दै अस्पतालले जिल्लाका सरोकारवाला निकायसँग छलफल गर्दे सम्बन्धित स्थानिय तहमा तोकिएको क्षेत्रमा मात्रै सव संकलन गर्ने निर्णय गरेको थियो ।

अस्पतालमै स्वाब संकलन गर्दा भिडभाड र अब्यबस्थित भएको, संक्रमित र संभाबित ब्यत्तिध्mहरु बिचमा दुरी कायम नभएको र कोरोनाको जोखिम झनै बढेको भन्दै अस्पतालमा स्वाब संकलन नगर्ने जनाएको हो ।

स्थानिय तहले संकलन गरेको सव मात्रै परिक्षण गर्ने भए पछी जिल्लामा पिसिआर प्रयोगशालाको औचित्यमा कमि आएको सरोकमरवालाहरुले बताउन थालेका छन् । नुवाकोटे जनताको कर, प्रतिनिधि सभा सदस्य नारायण खतिवडाको यस वर्षको आफ्नो सासंद विकास वजेटवाट नुवाकोटका जनतालाई कोरोना संक्रमण जिल्ला मै परिक्षण गरि द्रुत नतिजा प्राप्त होस् भनेर नुवाकोट त्रिशुली अस्पतालमा पिसिआर परिक्षण सुचारु गरिएको थियो । आफ्नो सिफरिसको योजनामा बिनियोजन गर्न मिल्ने बजेटलाई स्वास्थ्यको षेत्रमा बिनियोजन गर्दै जिल्लाकै लागी पिसिआर मेसिन खरिद गर्नुभएको थियो ।

हल त्रिशुली अस्पताल पिसिआर प्रयोगशालाले बिज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण देखिई स्वाव संकलन गर्नुपरेमा स्थानिय तहले तोकेको स्थानमा, मितिमा र संकलन पश्चात ४८ घण्टा पछि अस्पतालमा रिपोर्ट वुझ्ने अधिकार नागरिकमा रहेको व्यहोरा प्रष्ट उल्लेख गरेको छ ।

त्रिशुली अस्पतालमा रहेको पिसिआर प्रयोगशालाले जारी गरेको सुचना

एकपटकमा ९७ स्वाव, एकदिनमा ४०० स्वाबको परिक्षण क्षमता, र दुई सिफ्टवाट सेवा प्रवाह हुने गरि कर्मचारी नियुक्ति गरेको छ । स्वाव दिएको ४८ घण्टा पछि मात्रै नतिजा आउने भन्दै प्रयोगशालाले बिज्ञिप्ति जारी गरेको हो । जिल्लामा पिसिआर मेसिन नहुँदा सवब परिक्षण नतिजा आउन समय लागेकै कारण त्रिशुली अस्पतालमा पिसिआर प्रयोगशालाको स्थापना गरेको हो ।

त्रिशुली अस्पतालमा जारी गरेको बिज्ञप्ति

चिसोको मौसममा संक्रमण भईहाले ४८ घण्टा पछि नतिजा आउँदा निमोनियाले समेत संक्रमण गर्ने मानिसको मृत्यु समेत हुन सक्ने चिकित्शकहरुकै भनाई छ । तर कोरोना संक्रमण भए नभएको परिक्षणको नतिजा आउनै ४८ घण्टा लाग्ने भएपछी स्पाब संकलनको अर्थ नरहेको सामाजिक अभियान्ताहरको भनाई छ ।

नुवाकोटमा कोभिड समुदायमा फैलन नदिन, रोकथाम गर्न, तत्काल रोग पहिचान पछि उपचार गर्नको लागी आवश्यकता औल्याएर जिल्लामै प्रयोगशालाको स्थापना गरिएको थियो । द्रुत परिक्षण नतिजा र उपचारको अपेक्षामा रहेका नुवाकोटका नागरिकहरुलाई प्रयोगशालाको यो बिज्ञप्तिले निराशा बनाएको छ ।

 



तपाईको प्रतिक्रिया