Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशचैतारा निर्माण गर्दै क्षेत्रिय अध्यक्ष, मिश्र

चैतारा निर्माण गर्दै क्षेत्रिय अध्यक्ष, मिश्र


बिदुर/सकारात्मक सोचको परिबर्तन नै गाँउ बिकासको पहिलो पाईला हो भन्ने कुरा पञ्चकन्या गाँउपालिकामा सुरु भएको छ ।
नेबिसंघ क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष कृष्ण मिश्रको नेतृत्वमा अहिले पञ्चकन्या गाँउपालिकाको सबै वडामा एक÷एक वटा चौताराको पुनःनिर्माण भैरहेको छ । स्थानिय नागरिकह्रुले दिएका केहि रकम र श्रमदान र सहयोगलाई परिचालन गर्दे उहाँले चौतारा तथा पार्टि पौवाको पुनःनिर्माण गर्दे आउनु भएको छ । उहाँको अभियानमा जनप्रतिनिधि, पार्टिका महाधिबेसन प्रतिनिधि लगायतका ब्यक्तिहरुले साथ दिदै आएका छन् । पञ्चकन्या गाँउपालिकाको ५ वटै वडामा अहिले १/१ वटा चौतारा निर्माण भैरहेको छ ।

गाँउबेसि गर्दा एकै छिन थकाई मेटाउने थलोको रुपमा परिचित चौतारा तथा पार्टि पौवाको पुनःनिर्माण सुरु भएसँगै गाँउका नागरिकह्रु पनी त्यस अभियानमा समाहित हुन थालेका छन् ।पहिलो चरणमा सबै वडामा १÷१ वटा चौताराको पुनःनिर्माण सम्पन्न गर्ने र अर्को नया योजना सहित अगाडी बढ्ने क्षेत्रिय अध्यक्ष मिश्रले बताउनु भयो ।

सामाजिक कार्यमा शक्रिय रहनु भएकाले समुदायका नागरिकहरु सबैलाई सामाजिक कार्यमा संलग्न हुन आग्रह गर्दै आएका छन् । नागरिकहरु आफैमा चेतनशिल भएमा समाज परिबर्तन र बिकास निर्माणको कार्यमा सहज हुने उहाँको भनाई छ ।



तपाईको प्रतिक्रिया