Techie IT
×
गृहपृष्ठअर्थप्राबिधिक शिक्षलयको शुभारम्भ

प्राबिधिक शिक्षलयको शुभारम्भ


बिदुर/पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय औपचारिक रूपमा शुभारम्भ भएको छ । नुवाकोटको विदुर १ मा रहेको शहिद प्रतिष्ठानको भवनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तत्कालका लागि शिक्षालयको शुभारम्भ भएको छ ।
शनिबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले एक विशेष समारोहका बीच शिक्षालयको शुभारम्भ गर्नुभयो । शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थान, सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालनको अनुमति पाएको शिक्षालयका सञ्चालक समेत रहेका शिक्षामन्त्रीका निजी सचिव विनोद न्यौपानेले जानकारी दिनुभयो ।


सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालिन माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने आशा गरिएको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि गिरिराजमणि पोखरेलले प्राबिधिक शिक्षलउको शुभारम्भ गर्नुहुँदै गरिखाने शिक्षालाई सबै जिल्लानिल्लामा पुरायने निति राज्यले लिएको बताउनु भयो । प्राबिधिक बिद्यालयको आबाश्यक्ता र स्थानिय तहको चाहनाको रुपमा बिदुर नगरपालिका भित्र बहुप्राबिधिक बिद्यलय सञ्चालन सुरु गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपाका नेता एवं प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले गरिबका बालबालीकाको लागी प्राबिधिक शिक्षलय उपयोगी भएको बताउनु भयो । प्राबिधिक शिक्ष अध्ययन गर्नका लागी नुवाकोट, रसुवाका बालबालीकाहरु काडमाण्डौ जानु पर्ने बाध्यता अब हटेको उहाँले बताउनु भयो ।
अर्का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले बिदुर नगरपालिका क्षेत्रमा स्थापना भएको पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षलयले नुवाकोटको मात्रै नभई रसुवा र धादिङका नागरिकहरुको लागी समेत अबसर ल्याएको बताउनु भयो । पहिलो चरणमा कृषि तथा बाली बिज्ञानको अध्यापन सुरु भैसकेकाले क्रमस प्राबिधिक शिक्षालाई बढाउदै अगाडी लैजाने प्रतिबद्धता जनाउनु भयो ।
बिदुर नगरपालिका वडा नम्बर १ को ईन्द्रयणिघाटमा रहेको सार्बजानिक जग्गामा बिद्यालयको भौतिक संरचना निर्माण हुने छ । जसका लागी आबाश्यक प्रकृया अगाडी बढिसकेको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । हाललाई बान्द्रेमा रहेको शहिद स्मृति भवन, त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयको भौतिक संरचनामा प्राबिधिक बिद्यालय सञ्चालन सुरु भएको छ । केहि समयमा नै प्राबिधिक बिद्यालयको सुबिधा सम्पन्न भौतिक संरचना निर्माण हुने बताईएको छ । नुवाकोटबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले साझा योजनाको रुपमा सबैले पोष्टबहादुर बोगटी बहुप्राबिधिक बिद्यालयको भौतिक संरचना निर्माणको लागी बजेट बिनियोजन गरेका छन् ।



तपाईको प्रतिक्रिया