Techie IT
×
गृहपृष्ठप्रदेशकोरोनाको कहर

कोरोनाको कहर


नुवाकोटका ४ सय ४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय १४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लाका ४ सय ४ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । कोरोनामुत्त हुनेमा २ सय ९५ पुरुष र एकसय ९ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको खनालले बताउनु भयो । जसमध्ये ५ सय १९ पुरुष र २ सय २३ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितहरु ककनी र म्यागड गाउँपालिकाका रहेका छन् । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ३६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुमध्ये ३ सय २२ जना होम आइसोलेसनमा, ३ जना त्रिशुली अस्पतालमा र एकजना शिवपुरी अस्पतालमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ । हालसम्म नुवाकोटमा एक महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।



तपाईको प्रतिक्रिया