Techie IT
×
गृहपृष्ठअर्थऔद्योगिक ग्राम स्थापना

औद्योगिक ग्राम स्थापना


बिदुर/सरकारले नुवाकोटको विदुरसहित १२ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले बाग्मती प्रदेशमा नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० को शुभघाट एरियाको १८७ रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम स्थापना गरिने जानकारी दिनुभयो ।
प्रकियागत रूपमा विदुर नगरपालिकाले पनि औद्योगिक ग्राम स्थापनाका लागि पहलकदमी लिएपछि गत कात्तिक अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।
बिदुर गरपालिकाका प्रमुख सञ्जु पण्डितका अनुसार वडा नम्बर १० को शुभघाट, ईन्द्रेणिघाट र विदुर नगरपालिका ५ स्थित पिपलटार गरी ३ स्थानको ट्रेस, ब्लुप्रिन्ट लगाएतका डकुमेन्टहरु बनाई उधोग मन्त्रालयमा २०७५ सालमा प्रस्ताव पेश भएको थियो । मन्त्रालयको पटकपटकको अभ्ययन तथा अबलोकन पछि शुभघाटमा औधोगिक ग्राम निर्माण गर्ने निर्णय भइको हो । बिदुर नगरपालिकाकै अग्रसरतामा वडा नम्बर १ को ईन्द्रायणिघाटमा पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षलयको समेत स्थापना भैसकेको छ ।
प्रमुख पण्डितले विदुर नगरपालिकाको अगुवाईमा विदुर भित्रका ३ क्षेत्रहरुको शुभघाटमा औद्योगिक ग्राम, ईन्द्रेणिचौरमा पोष्टवहादुर बहु प्राविधिक शिक्षालय र पिपलटारमा एस ई जेट सेज जोन बनाउने प्रस्ताव मध्य २ वटा कार्यान्वयनमा आईसकेको र एस ई जेटको प्रकृया अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
विदुर नगरकार्यापालिकाको निर्णय संगै संघिय सांसद नारायण प्रसाद खतिवडाको निरन्तर प्रयासले उधोग मन्त्रालयले विदुर नगरपालिका भित्रको शुभघाटमा रहेको १८७ रोपनि जग्गामध्ये बाट सुकुम्बासी आयोगको नाममा गएर बाकि रहेको १६३ रोपनि मध्य ४७ रोपनि जग्गामा औधोगिक ग्राम बन्ने उहाँले बताउनुभयो ।
त्यस्तै, उधोग मन्त्रालयको निर्णय संगै त्यस क्षेत्रमा जग्गा सम्माउने, कम्पाउण्ड लगाउने तथा डिपिआर बनाउनको लागि १ करोड वजेट समेत बिनियोजन भएको विदुर नगरपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया