Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय१४ घर निर्माण सुरु

१४ घर निर्माण सुरु


 

बिदुर/बिदुर नगरपालिका वडा नम्बर २ मा नगरपालिकाका भुमिहिन १४ परिवारको लागी एकिकृत बस्तिको शिलान्यास भएको छ ।
बिदुर नगरपालिका वडा नम्बर १, २ र ९ का १४ परिवार भुमिहिनहरुको लागी वडा नम्बर २ मा निजि आबास निर्माण सुरु भएको हो । भारतिय राजदुताबासको सहयोगमा युनोप्स परियोजना मार्फत १४ घर निर्माण सुरु भएको हो । बिदुर नगरपालिका वडा नम्बर २ मा मा निर्माण भैरहेको सम्पदा बस्तिकै मापदण्ड अनुरुप निजि आबास निर्माण हुने छ । एकिकृत आबासको शिलान्यास गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ जिल्ला भित्र रहेका सबै भुमिहिनहरुलाई सम्बोधन गर्दै जाने बताउनु भयो ।


जग्गा खरिदको लागी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको प्रति परिवार २ लाख रुपैयाँको दरले साँढे ३ रोपनी जग्गा खरिद गरि आबास निर्माण प्रकृया सुरु गरेको हो । आबास निर्माणको शिलान्यास कार्यक्रममा नेपालका लागी भारतिय दुताबासका काउन्सिलरको उपस्थिति रहेको थियो । कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तोकिएकै समयमा निजि आबास निर्माण सम्पन्न गरि हस्तान्तरण गर्न आग्रह गर्नुभयो । भुमिहिनहरुलाई एकै स्थानमा राखेर उनिहरुको बाँकि आबाश्यक्ताहरुलाई स्थानिय तहले सम्बोधन गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो ।


भुकम्प गएको लामो समय सम्म आबास बिहिन भएर बस्दै आएका नागरिकहरुलाई दाताको खोजि गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसारनै घर निर्माण गर्दे आएको छ । नगर क्षेत्रमा अझै धेरै जना भुमिहिनहरु रहेता पनी लाभग्राहिको सुचिमा समाबेस भएको तर उनिहरुले आबास निर्माण गर्ने स्थान नभएकाहरुलाई पुनःनिर्माण प्राधिकरण मार्फत जग्गा खरिदको लागी थप २ लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ । यहि रकमबाट नागरिकहरुले जग्गा खरिद गरे पछी युनोप्सको सामाजिक प्राबिधिक सहयोग कार्यक्रम अन्तर्गत आबास निर्माण सुरु गरेको हो ।

१४ घरको जग पुजा गर्दै, जिसस प्रमुख सन्तमान तामाङ, बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डित ।

१४ घरको जग पुजा गर्दै, जिसस प्रमुख सन्तमान तामाङ, बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डित ।

१४ घरको जग पुजा गर्दै, जिसस प्रमुख सन्तमान तामाङ, बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डित ।



तपाईको प्रतिक्रिया