Techie IT
×
गृहपृष्ठअर्थतादी गाँउपालिकाका नागरिकहरुलाई ब्याज अनुदानमा १५ लाख सम्म ऋण दिने

तादी गाँउपालिकाका नागरिकहरुलाई ब्याज अनुदानमा १५ लाख सम्म ऋण दिने


नुवाकोटको तादी गाँउपालिकाले ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि २०७५ अनुसार कृषि बिकास बैङकसँग सम्झौता गरेको छ ।
नेपाल सरकारबाट स्वीकृत सहुलियतपुर्ण कर्जाको लागी स्थानिय तहले ब्याज अनुदान दिने गरि कृषि बिकास बैङकसँग सम्झौता गरेको हो । तादी गाँउपालिका भित्र रहेका नागरिकहरुलाई ब्यबसायिक यात्राको लागी आबाश्यक पुँजिको ब्यबस्थापनको लागी गाँउपालिकाले बैङकसँग ब्याज अनुदान कार्यबिधि अनुसार प्रकृया अगाडी बढाएको गाँउपालिकाका अध्यक्ष नारायण पाण्डेले बताउनु भयो ।

सहुलियतपुर्ण कर्जाको लागी बैङकले सहजिकरण गर्ने, ब्याज अनुदानको ब्यबस्था गाँउपालिकाले गर्ने र ब्यक्तिलाई ब्यबसायी बनाउने काउर्यमा नुवाकोट उद्ययोग बाणिज्य संघले सहजिकरण गर्ने गरि त्रिपक्षिय सम्झौता भएको हो ।
गाँउपालिका क्षेत्रका कृषि तथा पशुपन्छि जन्य र अन्य क्षेत्रका ब्यबसाय प्रबद्धन गर्नका लागी सहयोग पुग्ने गाँउपालिकाको निति अनुसार यो सम्झौता भएको हो । ब्यबसायि बन्न चाहने वा ब्यबसाय गरिरहेका सबैखाले उद्यमिलाई कार्यबिधि अन्तर्गत योग्यता पुगेका ब्यक्तिहरुलाई बैङक मार्फत ऋण प्रबाह गरी ब्याजमा अनुदान दिने गाँउपालिकाको निति रहेको छ ।


स्थानिय तहको जमानीमा बैङकले ब्यक्तिलाई ऋण लगानी गरि स्वरोजगारका कार्यक्रमहरु यो अभियान अन्तर्गत सञ्चालन हुने छ । समुदायमा रहेका परम्परागत सिप र पेशालाई आधुनिकिरण गर्दे ब्यबसायिक अभिबृद्धि गर्ने, जनजाती, सिमान्तकृत, अपाङगता तथा सिबपन्न बर्गलाई समेट्दै आयआर्जनका लागी शहुलियत प्रदान गरि उद्यमशिलता बिकास तथा बित्तिय पहुँच बढाउने अपेक्षा राखेको छ ।



तपाईको प्रतिक्रिया