Techie IT
×
गृहपृष्ठअन्तर्वार्तापार्टिका कार्यकर्तालाई नसर्ने संक्रमण : कोरोना

पार्टिका कार्यकर्तालाई नसर्ने संक्रमण : कोरोना

बिभिन्न पार्टि र संघ संस्थाका कार्यक्रमहरु दिनकै भैरहेका छन् । तर दैनिक रुपमा रोजगारिमा गएर बिहान बेलुका छाक टार्ने मजदुर तथा ब्यबसायिहरुको पिडा कस्ले बुज्छ र । करोडौ रुपैयाँ लगानी गरेका क्षेत्रहरु कोरोनाको त्रास भन्दै सरकारले अहिले पनी बन्द गर्न निर्देशन जारि गरिरहेकै छ । तर हजारौँको संख्यामा बिभिन्न पार्टिले आमसभा, सडकमा जुलुस गर्दाचाँहि कोरोनाको संक्रमण नहुने हो र ?


लामो समयदेखि पर्यटन, होटल मनोरञ्जन तथा दोहोरी साँझमा करोडौ रुपैयाँ लगानी गरेका ब्यबसायिहरु बिगत ८ महिनादेखि हात बाँधेर घरमा बस्नुपर्दाको पिडा कस्ले बुझिदिन्छ सरकार ? आम नागरिक र पँहुच नहुने ब्यबसायिहरु सँधै राज्यबाट अपहेलित भएर बस्नु पर्ने अबस्था छ । राज्यलाई ब्यबसाय नचल्दा पनी भनेकै दिनमा राजश्व बुझाउने, बैङकको किस्ता तिर्नुपर्ने तर बेहिसाब रुपमा जुलुस र आमसभालाई सम्बोधन गर्दै गर्दा यहि सरकारका प्रतिनिधि वा नेतृत्वलाई कोरोनाको कुनै प्रबाह नहुने । वा सरकार, यो रमिता हामि ब्यबसायिहरुले कति दिन सम्म सहनु पर्ने हो । कुनै मिति तोकियोस । समग्र ब्यबसायिको माग छ ।

प्रधानमन्त्रि केपि शर्मा वली कोरोनाको त्रास र भयका कारण बिगत ८ महिना देखि सिंहदरबार छिर्न नसक्ने र तर तिनै पार्टिका अमुक ब्यक्तिहरु सभा र सम्मेलन गर्दै हिड्ने छुट कसले दियो । यदि साँच्चैनै कोरोनाको त्रास हो भने सबै नागरिकहरुको जिबन रक्षा गर्नु बर्तमान सरकारको दायित्व हो ।

ब्यबसायिहरु जोखिम मोलेर भए पनी ब्यबसायलाई बिस्तारै पुरानै अबस्थामा लैजानु पर्छ भनेर माग गर्दै आईरहेको होटल तथा पर्यटन ब्यबसायि संघ बाग्मती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो । उहाँ अगाडी थप्नुहुन्छ, “सरकार कानमा तेल हालेर बालुवाटार भित्र मात्रै सिमत छ । दोहोरी साँझ, डान्सबास र सिनेमा हलमा प्रत्यक्ष जोडिएका रोजगारिको तथ्याङकलाई सरकारले कहिले हेर्छ र । बिहान बेलुका काम गरेको भरमा दैनिकि चलाउने ब्यक्तिहरुलाई कोरोना भन्दा ठुलो भयाबह भोकको भैसक्यो” ।


बाँचुञ्जेल खानुपर्ने र लगाउनु पर्ने समाजमा ८ महिनासम्म यसरी यस्ता ब्यबसायलाई बन्दि बनाएर राख्नुको अर्थ कहिले पाउछौँ । ब्यबसायिक रुपमा केहि ब्यक्ति जम्मा हुने क्षेत्रमा कोरोना सर्ने भन्दै बन्द गर्ने बर्तमान सरकारले आफ्नै पार्टिको आम सभा र जुलुसमा सहभागी हुँदै चर्को नारा लगाउनुको अर्थले ब्यबसायिको पिर मर्कालाई राज्यले मध्यनजर नगरेको स्पष्ट भएको उप्रेती बताउछन् ।
दोहोरी साँझ, डान्सबार र सिनेमा लगायत मनोरञ्जनको क्षेत्रमा मात्रै सर्ने प्रजातीको कोरोना हो भने छुट्टै कुरा हैन भने दुई वा दुई भन्दा बढि ब्यक्तिहरुको भेला बन्द गर्नुपर्छ । होईन भने सबैलाई सहज रुपमा स्वास्थ्य सुरक्षा अपनाउदै ब्यबसाय सञ्चालन गर्न दिनु पर्छ । यिनै क्षेत्रमा काम गर्ने हजारौँ ब्यक्तिहरु अहिले बेरोजगार छन् । उनिहरुको भरणपोषण्को बिषय न सरकारले सुनेको छ । कि सबैलाई भरणपोषण, राजश्व र बैङकको किस्ताको जिम्मेवारी राज्यले लिनु पर्छ कित सबैलाई सहज ढङगले ब्यबसाय गर्न दिनु पर्छ ।
दैनिक रुपमा लाखौँ पर्यटन भित्रिने क्षेत्रहरुलाई पुर्ण रुपमा ढोका बन्द गरेर त्यस क्षेत्रमा आश्रितहरुको जिबनयापनमा सहजता नल्याउदा कस्तो प्रभाब पार्ला । उदारणका लागी हेरौन धेरै श्रदालु भक्तालुहरुको सहभागी हुने जस्तो कि पशुपतीनाथ, कालिञ्चोक भगवती, मुक्तिनाथ यि लगायतका क्षेत्रहरु दैनिक आन्तरिक पर्यटकहरुले भरिभराउ हुन्थे । तर अहिले सबै सुनसान छन् । ति क्षेत्रमा रहेका साना तथा ठुला ब्यसायिहरुको हालत के होला । राज्यले मौद्रिक नितिमा उल्लेख भएका बिषयहरुलाई कार्यान्वयन मात्रै गरे पनी ब्यबसायिले केहि महशुस गर्थै । तर राज्य आफैमा अन्यौल छ । कुन निकाय र कस्तो प्रकृयाले मौद्रिक नितिलाई कार्यान्वयन गर्ने भने ।
राज्यले सहकार्यको लागी हामिलाई आबाह्वान गरोस न । ज्यान दिलले सहयोग गर्न तयार छौँ । हिजो दिनमा पनी राज्यले भनेको हामि ब्यबसायिले कहिले नटेरेका छौँ त । सँधै भनेको कुरामा सहयोग गर्दै त आएका छौँ । तर आज ब्यबसायिलाई मर्का र समस्या पर्दा सहयोग गर्ने त कोहि पनी रहेनछ त । आफ्नु घरमा ब्यबसाय गर्नेहरुले त केहि सहज होला । मुलुकमा तारे होटल देखि लिएर रिसोर्ट लगायत पर्यटकिय क्षेत्रमा करोडौ रुपैयाँ लगान्ी गरि भाडामा रहेकाहरुको हालत हेरौँत । सरकारले एक महिना, दुई महिनाको भाडा छुट गरिदिनुस भन्या छ, ब्यबसाय गर्न नपाको ८ महिना भैसक्यो । राज्यले बैङकमा किस्ता हाल्ने समय पछाडी सारेको छ । बैङकले दिनको ३ चोटि फोन गर्छ । यसमा दिने उक्तर को सँग छ । जताबाट पनी हामि ब्यबसायिनै समसया छौँ ।
समयमै राज्यले यस्ता ब्यबसायिहरुलाई सम्बोधन गरेन भने मुलुककै अर्थतन्त्र धारासायि हसुन्छ । किनभने ठुलो लगानी गरेका ब्यसायिहरु पलायन हुन थाले भने भोली लगानी गर्न को आउछ । केहि न केहिको माध्यमबाट उनिहरुलाई टिकाई राख्नु दायित्व त सरकारकै हो । तिन तहको सरकारले आफु अनुकुल हुने ब्यबसायिहरुमा सहजिकरण गर्ने हो भने मात्रै भोलीका दिनमा लगानी थपिने ब्यबसायि टिकिराख्ने अबस्था आउछ ।

होटल तथा पर्यटन ब्यबसायि संघ, बाग्मती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीसँग गरेको कुराकानीको अंश

 



तपाईको प्रतिक्रिया