Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशहिंसा रहित समाज निर्माण

हिंसा रहित समाज निर्माण


बिदुर/नोभेम्बर २५ अर्थात मंसिर १० गतेदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ ।
यो भभियान डिसेम्बर १० अर्थात यहि मंसिर २५ गते सम्म सञ्चालन हुनेछ । “लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ यस बर्ष अभियान सञ्चालन भैरहेको छ । पछिल्लो समय मुलुक पुनःसंरचनामा गएपछी तिनै तहको सरकारले लैङिक हिंसा अन्त्यको लागी बजेट बिनियोजन गर्दै आएको छ । घरघरमा हुन हिंसा अन्त्य र हिंसा रहित समाज निर्माणको लागी स्थानिय तहको निति तथा कार्यक्रममा नै समाबेस गरि बजेट बिनियोजन हुँदै आएको छ ।


धार्मिक, सामाजिक, सास्कृतिक, राजनैतिक लगायत हरेक क्षेत्रमा हुने लैङ्गिक हिंसालाई घरभित्रबाट उन्मुलन गर्न सकेमा मात्रै हिंसा रहित समाज निर्माण हुने शिबपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापा बताउनुहुन्छ । एकै पटक हिंसा रहित समाज निर्माण गर्न नसकिने भएता पनी हिंसा रहित समाज निर्माणको परिकल्पना गर्दे स्थानिय तहले बिषेस योजनाहरु ल्याउनु पर्ने नागरिक समाजको भनाई छ । घरघरमा हुने हिंसाको घटनालाइृ प्रतिनिधि पात्रको रुपमा लिएर स्थानिय तहले योजना निर्माण गर्न सकेमा हिंसा रहित समाज निर्माणमा सघाउ पुग्ने शिबपुरी गाँउपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।

सामाजिक मूल्य मान्यताको आधारमा लैङ्गिक हिंसाका घटनाहरु अत्याधिक रहेको भन्दै दुप्चेश्वर गाँउपालिकाका उपाध्यष अञ्जु आचार्यले गाँउपालिकाको निति तथा कार्यक्रममा नै समेटेको बताउनु हुन्छ । बिशेष गरि ग्रामिण क्षेत्रमा यस्ता हिंसाका घटनाहरु ब्ढि हुने भएकाले सचेत नागरिक समाजको भुमिका उल्लेखनिय रहेको बताउनु भयो ।

यता, दुप्चेश्वर गाँउपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले हिंसामा महिला मात्र पर्छन् र हिंसा गर्ने व्यक्ति पुरष मात्रै हो भनेर औला उठादा बारम्बार उठाइरहने समानताको नाराले सार्थकता नपाउने भनाई व्यक्त गर्नुभएको छ । व्यक्ति, समूहले सामुहिक रुपमा प्रतिवद्ध भएर कर्तव्य निभाएको खण्डमा लैङ्गिक हिंसा न्यूनिकरण गर्न सकिने उपाध्यक्ष आचार्यको भनाई छ । परम्परादेखि नै छोरीले लगाउने लुगा र गरिने कामबाट छोरी र छोरामा विभेद भएको र मानसिक रुपमा नै गिराउन परम्परता र सस्कारले बढवा दिएको उपाध्यक्ष आचार्यले बताउनु भयो ।

पछिल्लो समय लैङ्गिक हिंसा नजिक ठानेका, विश्वासिलो पात्रबाट हुने भएकोले त्यसको अन्त्यको लागि व्यक्ति स्वं सचेत हुनुपर्नेमा यो अभियानले जोड दिएको छ । सामाजिक रुपमा पुरुषबाट मात्रै लैङिगक हिंसा भैरहेको भान भएको पुरुषत्व समाजबाट निस्किएर महिला र पुरुष दुबैबाट हुने हिंसाका घटना रोक्न सरकारी निकायले गरिरहेको प्रयासलाई पच्छ्याउनु आवस्यक रहेको छ ।
अहिले स्थानिय तहहरुले हिंसा रहित समानज निर्माणको लागी महिलाहरुलाई सीप विकास तालिम, आर्थिक आयआर्जन अन्तर्गत रहेर च्याउ खेती, तरकारी टनेल जस्ता क्रियाकलपाहरु निरन्तर रुपमा भइरहेका छन् ।

 



तपाईको प्रतिक्रिया