Techie IT
×
गृहपृष्ठप्रदेशखुल्दै छन अब बिद्यालय

खुल्दै छन अब बिद्यालय


नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन गाउँपालिकाको शिक्षा समितीको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाभित्रका ५२ वटै सामुदायिक विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य, सुरक्षा तथा सतर्कता अपनाएर आगामी आईतवारदेखि सिकाइ सहजीकरण शुरु गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले वताउनुभयो ।
कक्षा १ देखी ५ सम्म पठनपाठन हुने विद्यालयले साबिक बमोजिम नै आवश्यक स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर गर्नुपर्ने तथा ६ देखी १२ सम्मका कक्षा सिकाई सहजिकरण खण्डित समुह शिक्षण मार्फत आवश्यक स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर सञ्चालन गर्नुपर्ने निर्णय गरिएको उपाध्यक्ष आचार्यले वताउनुभयो ।



तपाईको प्रतिक्रिया