Techie IT
×
गृहपृष्ठअन्तर्वार्ता१६ दिन हैन ३ सय ६५ दिननै अभियान

१६ दिन हैन ३ सय ६५ दिननै अभियान


लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गतमा तादी गाँउपालिकाले सचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।


अभियानको १६ दिन मात्रै नभई प्रत्येक दिन हिंसा रहित समाज निर्माणको लागी घरघरमा नागरिकहरु सचेत भएमा मात्रै अभियानले सार्थकता पाउने नागरिक समाजको भनाई छ । घरघरमा हुने ससाना प्रतिनिधि घटनाहरुले ठुलो स्वरुप लिएर समुदायमा नकरात्मक असरहरु पर्ने गरेको तादी गाँउपालिकाका अध्यक्ष नारायण पाण्डेले बताउनु भयो । धार्मिक, सामाजिक, सास्कृतिक, राजनैतिक लगायत हरेक क्षेत्रमा हुने लैङ्गिक हिंसालाई घरभित्रबाट उन्मुलन गर्न सकेमा मात्रै हिंसा रहित समाज निर्माण गर्न सकिने उहाँको भनाई छ ।

नोभेम्बर २५ अर्थात मंसिर १० गतेदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ ।
यो भभियान डिसेम्बर १० अर्थात यहि मंसिर २५ गते सम्म सञ्चालन हुनेछ । “लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ यस बर्ष अभियान सञ्चालन भैरहेको छ । पछिल्लो समय मुलुक पुनःसंरचनामा गएपछी तिनै तहको सरकारले लैङिक हिंसा अन्त्यको लागी बजेट बिनियोजन गर्दै आएको छ । घरघरमा हुने हिंसा अन्त्य र हिंसा रहित समाज निर्माणको लागी स्थानिय तहको निति तथा कार्यक्रममा नै समाबेस गरि बजेट बिनियोजन हुँदै आएको छ ।



तपाईको प्रतिक्रिया