Techie IT
×

अब छठको रनौक


दीपावली पर्व सकेर मैथिल समुदाय अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन् ।
कात्तिक शुक्ल द्वितीयाका दिन यमपञ्चक सम्पन्न भएपछि मैथिल समुदायका नागरिकहरुले श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका हुन् ।
विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।
यस पर्वमा आवश्यक पर्ने बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सख्खर किनमेल गर्नेको भीड बढेको छ । यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ । बजारमा यी सामानहरु पनि बेच्न राखिएका छन् ।
पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले विभिन्न ताल नदी छेउछाउमा यो पर्व मनाईन्छ । तर कोरोनाको कहर अझै कायमै रहेका कारण यसपटक पहिलेजस्तो भीडभाड गर्न नहुने भएको कारण पनि छठ पूजाका लागि भौतिक दूरी कायम गरि छुट्टाछुट्टै रुपमा पूजाआज गर्न भनिएको छ भने विभिन्न स्थानहरुमा सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको छ ।



तपाईको प्रतिक्रिया