Techie IT
×
गृहपृष्ठअर्थचैथो जिल्ला सभा

चैथो जिल्ला सभा


बिदुर/संघिय सांसद हितबहादुर तामाङले जनप्रतिनिधि र कर्मचारी बिचको आपसि तालमेल नमिल स्थानिय तहाके बिकासमा प्रभाब परेको बताउनु भयो । चौथो जिल्ला सभा तथा समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सांसद तामाङले नयाँ ब्यबस्था अनुसारको संरचनामा दोहोरो बिबादले समस्या सिर्जना भएको बताउनु भयो ।
जिल्ला समन्वय समितिले जनप्रतिनिधि र कर्मचारी दुबैको भाबनालाई बुझेर समन्वयात्मक कार्यको थालनी गर्दै सम्बृद्ध स्थानिय तहको निर्माणमा सहयोग गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा अर्का संघिय सांसद नारायण प्रसाद खतिवडाले नयाँ संरचनामा रहेका कर्मचारीहरुको तालीम र अनुभब आदानप्रदानमा जिल्ला समन्वय समितिले काम थालनी गर्नुपर्ने बताउनु भयो । भर्खरै अध्ययन सकाएर स्थानिय तहमा काम गर्न आएका कर्मचारीहरुलाई आबाश्यक सिप र ज्ञान बाँड्नको लागी भौगोलिक अबस्था अनुसारका बिज्ञहरुसँगको अन्तक्रिया नँहुदा बिकास निर्माणमा समस्या रहेको बताउनु भयो । बिशेष गरि बिकास निर्माणको क्षेत्रमा लाग्ने प्राबिधिकहरुसँग भौगोलिक अबस्था अनुसारको बिज्ञता नभएका कारण समस्या भएको बताउनु भयो ।

कार्यक्रममा बाग्मती प्रदेश नेकपाका प्रमुख सचेतक केशबराज पाण्डेले नयाँ संरचनामा रहेकाले देखिने बिकासका कामहरु बिस्तारै भैरहेको बताउनु भयो । स्थानिय तहसँग सिमित श्रोत र साधन भएकाले देखिने गरि ठुला आयोजनाको स्तरउन्नती तथा निर्माण हुन नसकेको बताउदै, त्यसलाई बाग्मती प्रदेशले परिपुर्ति गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष एवं बाग्मती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले स्थानिय तहका जनप्रतिनिधिहरुको कार्यकाल १ बर्ष बाँकि रहेकाले अझै नागरिकह्रुले चाहे अनुसारको बिकास गर्न सकिने बताउनु भयो । नागरिकहरु प्रत्यक्ष जोडिन पुग्ने स्थानिय सरकारलाई नागरिकहरुले अझै अपनत्व लिन नसकेको भन्दै त्यसलाई नागरिक मुखि बनाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्थानिय तहमा देखिएका भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनु भयो । नागरिकहरुले चाहे अनुसारको काम गर्न नसकेको भएता पनी ब्यबस्था प्रतिनै आक्रोस पोख्नु गलत रहेको बताउनु भयो ।

यता, बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले अहिले सम्म स्थानिय तहले बिकास निर्माणको खाका मात्रै तयार भएको बताउनु भयो । केहि नभएको स्थानिय तहमा बिकास निर्माणको काम सुरु भएकाले अबको कार्यकालमा देखिने गरि र दिगो बिकास निर्माणको कार्यक्रम तयार पार्नुपर्ने बताउनु भयो । .

कार्यक्रममा बिदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले संबिधानले दिएको अधिकारलाई सुनिस्चित गर्न नसकिएको बताउनु भयो । कानुन कार्यान्वयन गर्ने कर्मचारीहरुले आलटाल गर्ने र काम नगर्ने परिपार्टिले समस्या सिर्जना भएको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले ससाना बजेट बिनियोजन गर्ने र कार्यबिधि समयमै नआउदा योजना कार्यान्वयनमा जान नसकेको बताउनु भयो । प्रदेश र संघले दोहोरो भुमिका निर्बाह गर्दा स्थानिय तहमा आएको बजेट कार्यान्वयनमा समस्या रहेको बताउनु भयो ।

चौथो जिल्ला सभा तथा समिक्षा बैठकमा नुवाकोटका सबै स्थानिय तहहरुले सञ्चालन गरेका निति तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । यस्तै, प्रदेश र संघ अन्तर्गत रहेका कार्यालयहरुले सञ्चालन गर्दै आएका कामहरुको बिषयमा समिक्षा गरिएको छ । प्रदेश र संघ अन्तर्गत रहेका कार्यालयहरुले स्थानिय तहसँग समन्वय नगरी योजना कार्यान्वयन भैरहेको भन्दै समन्वय गर्न जिल्ला सभामा माग गरिएकोक छ । एउटै योजनामा स्थानिय तह र बिषयगत कार्यालयहरुबाट बजेट बिनियोजन हुने गरेको भन्दै सम्बन्धित स्थानिय तहसँग समन्वय गर्न जिल्ला सभाले बिषयगत कार्यालयहरुलाई निर्देशन दिएको छ ।


बिषयगत कार्यालय अन्तर्गत, सडक, पुर्बाधार बिकास कार्यालय, मध्यपहाडी लोकमार्ग, गल्छि त्रिशुली मैलुङ रसुवागढी सडक आयोजना, सिञ्चाइृ ििभजन बिकास कार्यालय लगायतले कहाँ के काम गर्दैछन भन्ने बिषयमा सेत जनप्रतिनिधिहरुमा अन्यौलता देखिएको छ । आफ्नै स्थानिय तहमा बिगत २ बर्ष देखि योजना कार्यान्वयन हुँदै आएता पनी स्थानिय तहका प्रमुख र उपप्रमुख त्यस योजना प्रति अनबिज्ञरहेको जिल्ला सभामा पाईएको छ ।



तपाईको प्रतिक्रिया