Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशपैसाले न्याय रोकिदैन

पैसाले न्याय रोकिदैन


बिदुर/ प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले पैसाको अभाबले कुनै पनी ब्यक्तिले न्यायबाट बञ्चित हुनु पर्ने अबस्था नल्याउन आग्रह गर्नु भएको छ ।

नेपाल बार एशोसिएशन नुवाकोट जिल्ला अदालत बार एकाईको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले पैसा र पँहुच नँहुदा पनी न्याय पाउने बाताबरणको सिर्जन ागर्न आग्रह गर्नु भयो । न्यनयमा बिचौलियाको प्रयोग र आर्थिक चलखेल हुने भन्दै त्यस तर्फ नुवाकोट जिल्ला अदालत बार एकाईले सजगता अपनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बार एकाई मार्फत स्थानिय तहमा रहेको न्यायिक समितिलाई कानुनी प्रशिक्षण गर्नुपर्ने बताउनु भयो । राजनितिक पृष्ठभुमिबाट आएका ब्यक्तिहरु सबै जनाको कानुनी योग्यता नहुने भन्दै स्थानिय तहमा रहेको न्ज्यायिक परिषदलाई आबाश्यक पर्ने कानुनी सहजकर्ताको रुपमा जिल्ला बार रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नुवाकोट जिल्ला अदालत बार एकाईका अध्यक्ष देबराज कँडेलले पैसाको अभाबमा न्यायबाट बञ्चित हुने अबस्था नरहेको बताउनु भयो । पछिल्लो समय न्याय महङगो हुँदै गएको भएपनी आर्थिक अभाबमा रहेका ब्यक्तिहरुलाई न्यायिक सहजिकरण गर्न नुवाकोट बार, जिल्ला अदालत लगायतबाट सम्बोधन हुँदै आएको बताउनु भयो ।

कार्यक्रममा नुवाकोट जिल्ला अदालत बार एशोसिएशन नुवाकोट एकाईका पुर्ब अध्यक्ष शम्भु नेपालले न्यायमा पँहुच स्थापित गर्ने कार्यमा बार एकाइृको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । दुरदराजमा रहेका नागरिकहरु न्यायको अपेक्षा गर्दे वकिलहरुको आर्यपुग्ने भएकाले त्यसलाई सरल र सहज रुपले सहजिकरण गरि कानुनी राज्यको आभास गराउनु कानुन ब्यबसायिहरुको काम रहेको बताउनु भयो ।

नेपाल बार एशोसिएशन नुवाकोट जिल्ला अदालत बार एकाईको १४ औँ साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ ।

 

 



तपाईको प्रतिक्रिया