Techie IT
×
गृहपृष्ठअर्थउद्यमि उत्पादनमा तादी गाँउपालिका

उद्यमि उत्पादनमा तादी गाँउपालिका


तादी गाँउपालिकाको वडा नम्बर ६ मा ३ महिने सिलाई कटाइृ तालीम सम्पन्न भएको छ ।
गाँउपालिकाले महिलाहरुको आर्थिक उपार्जनमा बृद्धि गर्ने कायृक्रमहरु निति तथा कार्यक्रममा नै समाबेस गरेर कार्यान्वयन गर्दै आएको छ । थोरै लगानी गरि स्वरोजगारको बाटो पहिल्याउनको लागी गाँउपालिकाले ३ महिने सिलाई कटाईको तालीम सञ्चालन गरेको गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले जानकारी दिनु भयो ।


सिलाई कटाई तालीम लिएकाहरुलाई गाँउपालिकाले नै मेसिन हस्तान्तरण गरेको छ । गाँउपालिकाको बार्षिक निति तथा कार्यक्रममा समाबेस भए अनुसार तादी गाँउपालिकाको ६ वटै वडामा महिला उद्यमि उत्पादन गर्ने गाँउपालिकाको योजना रहेको छ । घरमै बसेर ससानो लगानी गरि महिला तथा युवाहरुलार्य स्वलम्बि बनाउने अभियान गाँउपालिकाले सञ्चालन गर्दै आएको पालिका अध्यक्ष नारायण प्रसाद पाण्डेको भनाई रहेको छ । बाँकि रहेका सबै वडामा समेत सिलाई कटाइृ तालीम सञ्चालन गरि मेसिन हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनु भयो ।



तपाईको प्रतिक्रिया