Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाफेरी भयो कडाई

फेरी भयो कडाई


मंगलबार बिदुर नगरपालिकामा ९ जना संक्रमित थपिएका छन् ।
यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ४७ पुगेको छ । शक्रिय संत्र,मितको संख्या अजै नुवाकोटमा ३ सय ४६ जना रहेका छन् । मंगलबार थपिएका कोरोना संक्रमितहरुमा बिदुर नगरपालिकाका १ जना महिला र ३ जना पुरुष, दुप्चेश्वर गाँउपालिकाका ३ जना महिला र १ जना पुरुष र लिखु गाँउपालिकाका १ जना महिला रहेका छन् । सबै जना होम आईसोलेसनमै रहेको स्वासथ्य कार्यालय नुवाकोटको तथ्याङमा रहेको छ । होम आर्यसोलेसनमा ३ सय ३९ जना, शिबपुरीको संस्थागत आर्यसोलेसनमा १ जना र त्रिशुली अस्पताल नुवाकोटको आर्यसोलेसनमा ६ जना रहेका छन् ।
नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानु खिन बढ्न थाले पछी मंगलबारबाटनै केहि कडाइृ सुरु भएको छ । जिल्ला संकट ब्यबस्थापन केनद्रको बैठकले सिमित समय र मापदण्ड तोकेर कडाइृ गरेको छ । सबारी साधन, बजार क्षेत्र, धार्मिक स्थल लगायतमा मापदण्ड तोकिएको छ र स्वास्थ्यको प्रोटोकल अनुसार मात्रै तोकिएका क्षेत्रमा जानको लागी स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ । स्वास्थ्यले तोकेको मापदण्ड बिपरित हिड्नेलाई संक्रामक रोग एैन अनुसार कारबाहि गर्ने भएको छ । संकट ब्यबस्थापन केनद्रको निर्णय कायाृनवयन गराउन बजार क्षेत्रमा सुरक्षाकर्मिहरु परिचालन गरेको छ ।
बिशेष गरि सबारी साधनहरुले बिना मापदण्ड भरिभराउ यात्रु कोचेर सञ्चालन गर्न थाले पछी कोरोनाको उच्च जोखिम बढेको भन्दै सबारी साधनहरुलाई बिशेष निगरानिमा राखेको छ ।



तपाईको प्रतिक्रिया