Techie IT
×
गृहपृष्ठशिक्षाआफैलाई ठग्दै भुकम्प प्रभाबित

आफैलाई ठग्दै भुकम्प प्रभाबित


बिदुर/शुक्रवार नुवाकोटमा पनि २३ औँ भुकम्प सुरक्षा दिवस मनाईएको छ । यसपटकको २३ औँ भुकम्प सुरक्षा दिवसको नारा बहुप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा रहेको छ । दिवसको अवसरमा विदुरमा आयोजित एक कार्यक्रममा सहभागिहरुले विपद्को महत्वपूर्ण हिस्सा भुकम्पबाट जनधन सुरक्षित राख्ने विषयमा आफ्नो बिचार राख्नुका साथै भुकम्पबाट हुने क्षती न्युनिकरणका लागि भए गरेका प्रयासहरुका बारेमा चर्चा गरेका छन् ।
नेपाल भुकम्पका दृष्टिबाट असाध्यै संवेदनशिल मानिदै आएको छ । विशेषगरी १९९० साल र २०७२ सालको विनाशकारी भुकम्पपछि नेपालमा यसको सचेतनाको विषयमा खुलेर छलफल, वहषर तयारीहरु हुन थालेका छन् । २०७२ सालको भुकम्पको घाउ अझै निको हुन सकेको छैन । २०७२ सालको विनाशकारी भुकम्प र त्यसपछिका पराकम्पनले नेपालका ३१ जिल्ला प्रभावित भएका थिए । त्यसमध्ये नुवाकोट सहितका १४ जिल्ला त नराम्ररी नै प्रभावित भएको थियो । भुकम्पले थला परेका धेरै जिल्लाहरु पुनर्निर्माण सम्पन्न गर्ने चरणमा पुगेका छन् । कतिपय गाउँ त पुनर्निर्माण सम्पन्न गरेर सामान्य जीवनमा फर्किसकेका छन् । तर पनि पुनर्निर्माणको सबालमा सन्तुष्ट रहने अवस्थाको भने सृजना भइसकेको छैन ।
शुक्रवार विदुरमा आयोजित २३ औँ भुकम्प सुरक्षा दिवसको कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले विनाशसंगै आएको जीवन रक्षा गर्ने अवसरलाई आम मानिसहरुले सदुपयोग गरिरहेको बताउनुभएको छ । सरकारले समेत अनुदान उपलब्ध गराएको निजी घर बनाउने कार्यमा नागरिकहरु उत्साहित भएर सहकार्य गरिरहेको र भुकम्पपछि नुवाकोटमा बलिया घर निर्माण भइरहेको प्रमुख पण्डितको भनाई रहेको छ । भुकम्पपछि परम्परागत र आफ्नोपन प्रस्तुत हुने शैलीका घरहरुको संरक्षण चिन्ताको विषयमा रहेको र त्यसका लागि स्थानीय सरकारले समेत नागकिरहरुलाई परम्परागत शैलीका घर बनाउका लागि उत्प्रेरित गरिरहेको उहाँले बताउनुभएको छ । विदुर नगरपालिकाले सम्पदा गाउँ निर्माणमा नागरिकहरुलाई सरिक गराउन र मौलिक शैलीका घर निर्माण गर्नका लागि संघीय सरकारले दिने थप अनुदान बाहेकनै प्रति घर ४० हजार रुपैयाँ उपलब्ध गराइरहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभएको छ ।


जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले भुकम्प गएको यत्तिका लामो समय वित्दापनि नागरिकहरुको निवास निर्माण सम्पन्न गर्न नसक्नु भने दुखद रहेको बताउनुभएको छ । २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा आफ्नो मन्तब्य राख्दै उहाँले भुकम्प आफैले मानिसको ज्यान लिने नभई मानिसले बनाउने संरचनाकै कारण क्षती हुने उल्लेख गर्दै संरचना निर्माण गर्दा मापदण्ड पालना गर्दा मात्रै पनि सुरक्षित रहन सकिने बताउनुभएको छ । त्यसका लागि नागरिकहरुमा सचेतनाको खाँचो रहेको उल्लेख गर्दै उहाँले सचेनताका लागि गाउँगाउँ र विद्यालयहरुमा भुकम्पको बारेमा प्रशस्त बहष चलाउनु आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको संयोजकत्वमा गठन भएको जिल्लास्तरिय दिवस मनाउने मुल समारोह समितिले यो कोरोनाको कहरको बीचमा पनि दिवस मनाउने कार्यलाई निरन्तरता दिएको हो । स्वास्थ्य सुरक्षालाई प्राथमिकतमा राखेर मनाइएको भुकम्प सुरक्षा दिवसले यसबाट सुरक्षित रहनका लागि नागरिकहरुलाई उप्रेरित गरिरहने विश्वास सरोकारवाहरुले लिएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले धेरै प्रकोपबाट नागरिकहरु उच्च जोखिममा रहँदारहदै पनि भुकम्पबाट पनि बढि क्षति व्यहोर्दै आएको बताउनुभएको छ । उहाँले भुकम्पको जोखिमलाई न्युनिकरण गर्ने र यसबाट बच्ने उपायाहरुको साथमा अन्य प्रकोपबाट पनि सुरक्षित रहनका लागि हामीले गर्दे पर्ने कार्यलाई साथाथमा राख्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
२३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा भौतिक संरचना निर्माणको सवालमा नुवाकोटमा भएको प्रगती विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्जयन इकाई नुवाकोटले प्रस्तुत गरेको थियो । नुवाकोटमा झण्डै ८५ प्रतिशत निजी निवास निर्माणको काम सम्पन्न भइसकेको सरकारी तथ्याङ्क रहेको छ । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले भुकम्पका बेला मानिसको सुरक्षाका लागि गरिरहेको र गर्नुपर्ने कार्यहरु, खोज तथा उद्धारको विषयमा प्रस्तुती राखेको थियो ।



तपाईको प्रतिक्रिया