Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियबिधि र प्रकृयालाई मिच्दा राजनितिक संकट

बिधि र प्रकृयालाई मिच्दा राजनितिक संकट


बिदुर/दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकाटका बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले राष्ट्रिय एकतालाई कायम राख्नका लागी पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग राखेका छन् । विशाल नेपाल एकीकरण तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पालना गर्न सके राज्य सञ्चालन समस्याग्रस्त अबस्थामा नपुग्ने बताएका छन् ।
नेपालको राजनितिक अबस्था कमजोर भएर राज्य सञ्चालनमा समस्या उत्पन्न भएको समयमा पृथ्बि नारायण शाहको दिब्य उपदेशलाई ब्यबहारीक बनाएर अगाडी बढेमा राज्यमा उत्पन्न भएको संकट टर्ने कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् ।
बिदुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पजातन्त्र पार्टिका केन्द्रिय अध्यक्ष एवं पुर्व अर्थमनित्र डक्टर प्रकासचन्द्र लोहनीले पृथ्बि नारायण शाहले एकिकरण गरि फैलाएको नेपालको स्वाभिमान बर्तमान सरकारले संरक्षण गर्न नसकेको बताउनु भयो ।
कार्यक्रमलाई उहाँले तत्कालिन राजा पृथ्बि नारायण शाहको दिब्यउपदेशलाई ब्यबहारिक रुपमा कार्यान्वयन गर्न नसक्दा मुलुकमा समस्या निम्तिएको बताउनु भयो । बर्तमान सरकारले लिनुपर्ने नितिलाई अख्तियार नगर्दा मुलुकमा भ्रष्टाचार बढेको उहाँले बताउनु भयो । राज्य सञ्चालनको बिधि र प्रकृयालाई मिचेर राजनितिक संकट निम्त्याएको उहाँले आरोप लगाउनु भयो ।
सबै नेपालीहरुले नेपाल निर्माण गर्ने पृथ्बिनारायण शाहको जन्म जयन्तिको दिनमा सार्बजानिक बिदा दिनु पर्ने नागरीकहरुको भनाई रहेको छ । यस बर्ष नुवाकोटमा बिदुर नगरपालिकाले सार्बजानिक बिदा दिएको छ ।
राष्ट्रिय एकता दिबसलाई सार्बजानिक दिबसको रुपमा मनाउनको लागी सबै क्षेत्रबाट दबाबमुलक कार्यक्रमको आबाश्यक्ता रहेको बताईएको छ । बाईसे चौबिसे राज्यलार्ई एकिकरण गरेर सिङगो लाल पुर्जा बनाएर नेपाली जनतालाई छाडेर गएकोले अब सबै नेपाली जनता मिलेर लालपुर्जाको संरक्षणमा जुट्नु पर्ने कार्यक्रममा बताईएको छ ।
एकता दिबसको अबसरमा देबिघाटमा आयोजित कार्यक्रमलाई सम्बेधन गर्दै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यलाई एकीकरण गरेर बृहत् नेपाल बनाएको स्मरण गर्दै सम्मान स्वरुप नगरपालिकामा सार्बजानिक बिदा दिएको बताउनु भयो । मुलुककै केन्द्रिय राजधानीको निर्माण गरि २५ बर्ष सम्म सासनसक्ताा नुवाकोटबाट सञ्चालन भएको ईतिहाँस रहेकाले त्यसप्रति सम्मान ब्यक्त गरेको बताउनु भयो ।
तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिनुभएको उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकाले उहाँको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्छ भन्ने आभास सम्पूर्ण नेपालीमा हुनुपर्ने बताउनु भयो ।
२००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२÷६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको भन्दै एकता दिवस मनाउन सहभागि भएकाहरुले आपत्ति जनाएका छन् ।
यस्तै, देबिघाटमा निर्माण गरीएको पृथ्बि शालिक पुनस्थापनाको ११ औँ बर्ष पुरा भएको छ । देबिघाट स्थित स्मारकमा पहिला निर्माण भएको शालिक तत्कालिन समयमा माओबादिले बम बिस्फोट गरी ध्वस्त बनाएको थियोे । तत्कालिन जनयुद्धको समयमा माओबादिले भत्काएको परिसरमा पुन शालिक निर्माण भएको ११ बर्ष पुरा भएको छ । पृथ्वी जयन्ती मनाउन देबिघाटमा रहेको पृथ्बि स्मारक परिसरका सहभागी भएका नागरिकहरुले पृथ्बि नारायण शाहले एकिकरणमा पु¥याएको योगदान र उनका उपदेशहरु अहिले पनी सान्दर्भिक रहेको बताएका छन् ।
सरकारले ६२÷६३ को जन आन्दोलन पछी सार्बजानिक बिदाबाट हटाए पनी बिभिन्न कार्यक्रहरु गरी बिभिन्न राजनितिक दल, नागरिक समाज लगायतले दिबस मनाउदै आएका छन् ।



तपाईको प्रतिक्रिया