Techie IT
×
गृहपृष्ठसमाचारसंबिधानको रक्षा काँग्रेसले गर्छ : नुवाकोट काँग्रेस प्रबक्ता राजु थापा

संबिधानको रक्षा काँग्रेसले गर्छ : नुवाकोट काँग्रेस प्रबक्ता राजु थापा


प्रतिनिधीसभा बिघटनको असंवैधानिक कदमको बिरोधमा नेपाली काङ्ग्रेसले नुवाकोटका सबै वडामा एकसाथ वडाभेलाको आयोजना गर्ने भएको छ ।
पुर्वघोषित बिरोधका कार्यक्रम अनुसार काङ्ग्रेसले माघ ८ गते बिहिबार नुवाकोटको ८८ वटै वडामा वडास्तरिय भेलाहरुको आयोजना सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस नुवाकोटले पछिल्लो राजनितिक घटनाक्रमको बिषयलाई लिएर जिल्लामा बिरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बिरोध कार्यक्रमसँगै जिल्ला कार्य समितिको बैठकले बिरोधसँगै काँग्रेस शसक्तिकरणको लागी केन्द्रिय नेताहरुको उपस्थितिमा जिल्लामा कार्यक्रम गर्ने निर्णय गरेको छ । काँग्रेस नुवाकोटको धारणको बिषयमा कुराकानी गर्नुहँुदै प्रबक्ता राजु थापा ।



तपाईको प्रतिक्रिया