Techie IT
×
गृहपृष्ठराजनीतिनेकपाको आमहड्ताल बजार ठप्प

नेकपाको आमहड्ताल बजार ठप्प


सोनिका खनाल
बिदुर/बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा एक सरकारी मोटरसाईकल तोडफोड भएको छ ।
नुवाकोट आर्दश वहुमुखी क्याम्पस अगाडी रहेका प्रर्दशनकारीले प्रदेश नम्बर ३–०२–००१ व ११९६ नम्बरको सरकारी मोटरसाईकल तोडफोड गरेका हुन् । नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालको नुवाकोटमा सामान्य प्रभाव परेको छ । संवैधानिक निकायमा गरिएको नियुक्तिका विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहले गरेको बन्दलाई सफल बनाउन सो समुहका नेता तथा कार्यकर्ताहरु चोकचोकमा प्रर्दशन गरेका छन् । केपि वली नेतृत्व सरकारले संबिधानमाथी कु गर्दे संसद बिटन गर्नु, संबैधानिक आयोगमा अध्यादेश ल्याएर नियुक्ति गर्ने लगायतको एकलौटि पना बिरुद्धको अभियान अन्तर्गत आम हड्तालको आयोजना गरेको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताउनु भयो ।

बन्दको कारण लामो तथा छोटो दुरीका सवारीसाधन पुर्ण रुपमा ठप्प रहेको छ भने अत्याआवश्यक सवारीसाधनहरुलाई भने निर्वाध रुपमा चलिरहेका छन् । यस्तै शैक्षिक संस्थाहरु समेत पुर्ण रुपमा ठप्प भएका छन् । प्रर्दशनकारीहरुले नुवाकोटको विदुर, ढुङ्गे, बट्टार, देविघाट, महादेवफाट लगाएतका स्थानमा प्रर्दशन गरेका छन् । प्रर्दशनकारीहरुले संसद विघटन खारेज गर, ओली सरकार मुर्दावाद, संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर लगायतको नारा लगाएका छन् ।
सडक बन्द गराउन नेकपा नुवाकोटका, नेता वुद्धि प्रधान लगायतका नेता तथा कार्यकर्ताहरु सकडमा उत्रिएका छन् । नेकपाको माधब प्रचण्ड निटक रहेका गाँउपालिकाका अध्यष÷उपाध्यक्षहरुको समेत सहभागीता रहेको थियो ।
यसै, बिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट विभिन्न भातृ संगठनहरुले बुधबाबार साँझ नुवाकोटमा मसाल जुलुस निकालेका थिए ।
संवैधानिक निकायमा संविधानविरुद्द गरिएको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड÷नेपाल निकट विद्यार्थी नेता कार्यकर्ताहरुले मसाल जुलुस निकालेको हो । संवैधानिक निकायमा संविधानविरुद्ध गरिएको नियुक्ति र बिहिबार आयोजना गरिएको आमहड्तालको पूर्व निर्धारित कार्यक्रम अनुरुप प्रचण्ड÷नेपाल पक्षले मसाल जुलुस निकालेको हो ।



तपाईको प्रतिक्रिया