Techie IT
×
गृहपृष्ठसमाचारप्याकुरेल जस्ता ब्यक्ति सबै जिल्लामा चाहिन्छ ।

प्याकुरेल जस्ता ब्यक्ति सबै जिल्लामा चाहिन्छ ।


नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा नुवाकोटले मछिन्द्र नरसिंह प्याकुरेललाई सम्मान गरेको छ ।
बिरामिहरुलाई रगतको पँहुच स्थापित गरेको भन्दै रेडक्रस नुवाकोटको ३६ औँ जिल्ला सभामा सम्मान गरेको हो । कोलीमा रहेको रक्त सञ्चार केन्द्र कोलनीमा आबाश्यक परेको रगत ब्यबस्थापनमा सहज गरेको भन्दै सम्मान गरेको हो । नुवाकोट, रसुवा, धादिङ र काठमाण्डौमा समेत बिरामिहरुलाई रगत ब्यबस्थापन गर्दै आउनु भएको थियो । रेडक्रसद्धारा सञ्चालीत रक्त सञ्चार केन्द्रमा रगतको अभाब हुन नदीई नियमित रक्तदान गर्ने र रक्तदाताहरुलाई रगत दान गर्न उत्प्रेरित गर्दे बिरामिको ज्यान बचाउन सहयोग गरेको भन्दै रेडक्रस नुवाकोटले सम्मान गरेको हो ।
रक्त सञ्चार केन्द्र नुवाकोटसँग निरन्तर सम्पर्क गरि आबाश्यक परेको रगत प्याकुरेलले सहज ब्यबस्थापन गर्दे आउनु भएको छ । रगतको अभाबले रक्त सञ्चार केन्द्रनै बन्द हुने अबस्थामा पुग्दा प्याकुरेलले रक्तदान कार्यक्रमको आयोजन ागर्ने र नयाँ दाताहरुको तथ्याङ संकलन गरि उहाँले ब्यबस्थापन गर्दै आएनु भएका थियो ।



तपाईको प्रतिक्रिया