Techie IT
×
गृहपृष्ठमनाेरञ्जनप्रथम ऐतिहासिक छहरे महाेत्सवकाे तयारि तिब्र

प्रथम ऐतिहासिक छहरे महाेत्सवकाे तयारि तिब्र


नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा हुने ऐतिहासिक महोत्सवको तयारी सुरु भएको छ ।
समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि गर्न लागिएको महोत्सवको तयारी थालिएको संयोजक सानु केसीले जानकारी दिनु भयो ।
फागुन १४ देखि २२ गतेसम्म लाग्ने महोत्सवबारे जानकारी दिन सोमवार ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । महोत्सवमा स्थानीय कृषि सामग्री, धार्मिक तथा पर्यटकीय स्थानको प्रचारप्रसार गरिनेछ ।
त्यस्तै स्थानीय झाकी, लाखे नाच, धामी नाच,धिमे नाच, लोक दोहोरी, खैचडी भजनको समेत मेलाको आकर्षण रहने जनाईएको छ । झण्डै २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।
लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवको व्यवस्थापन ज्योति फिल्मले गरेको छ । लिखु गाउपालिकाका प्रमुख ध्रुव श्रेष्ठले प्रथम छहरे ऐतिहासिक महोत्सबले समग्र नुवाकोट जिल्लाको पर्यटकिय बिकाश तथा लिखुको लोक कला संस्कृतिको संरक्षण गर्नेे बताउनु भयो । अध्यक्ष श्रेष्ठले पर्यटकिय बिकाश,लोक कला संरक्षणका साथै लिखुको कृषि पेशालाई बजारिकरण गर्न सहयोग पुग्ने भएकोले नै लिखु गाउपालिकाले महोत्सबको आयोजना गरेको बताउनु भयो ।
यस्तै कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बाहादुर कार्कीले महोत्सव गर्ने मात्र भनेर हुदैन गरिसकेपछि आयोजक टिमले ब्यवस्थापनमा बढि ध्यान दिनुपर्ने बताउनु भयो ।



तपाईको प्रतिक्रिया