Techie IT
×
गृहपृष्ठप्रदेशसफा बन्दै बिदुर

सफा बन्दै बिदुर


विदुर नगर हाम्रो शहर सफा स्वच्छ राख्ने सबैको रहर भन्ने मुल नाराका साथ आज विदुर नगरपालिका ४ स्थित बट्टारको पुरानो बजारमा एकिकृत फोहोरमैला व्यवस्थापन अभियान सुरु भएको छ ।
जैविक÷अजैबिक फोहर श्रोतमै छुट्याइ पुन प्रयोगको अभ्यास गरि फोहरको समस्या वडा र टोलमा कम गर्ने उदेश्यका साथ अभियान सुरु गरिएको विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टलकंमान श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार फोहोरमैला लाई एकिकृत रुपमा जम्मा गर्न टोल÷टोलमा डष्विन राखी फोहोरलाई संकलन गर्न सहज हुने उदेश्यले वडावाट डष्टबिन समेत वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको सफा नगर बनाउने दायित्व हामी सबै नगरवासीको भएकाले एकिकृत फोहोरमैला व्यवस्थापन अभियानमा नगरका आम नागरिकहरुको सहयोग र सहकार्यमा मात्रै सम्भब रहेको बताउनु भयो ।
कार्यक्रममा विदुर नगरपालिकाका उप प्रमुख गिता कुमारी दाहाल, नेकपाका नेता तथा समाजसेवी बुद्वि प्रधान, विदुर नगरपालिका १ का वडा अध्यक्ष लेलिन रन्जित, टोल बिकास सस्था अध्यक्ष श्याम सुन्दर, सचिव निलम बावु ढुङ्गेल, वडा समितीका प्रतिनिधिहरु, लगायतको सहभागी रहेको थियो ।



तपाईको प्रतिक्रिया