Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबिद्यालय सञ्चालन अब स्थानिय तहलाई

बिद्यालय सञ्चालन अब स्थानिय तहलाई


कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकेको छ ।
संक्रमणको अवस्था हेरी विद्यालय खोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा तयार गरेको छ । कार्यढाँचा अनुसार स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने गरी कार्यढाँचा तयार गरेको छ ।
यसअघि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तयार गरेको कार्यढाँचालाई मन्त्रालयले छलफल गरी पुनः संशोधन गर्न शुरु गरेको छ । असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोहीअनुसार अवस्था हेरेर विद्यालय खोल्न सक्ने मन्त्रालयले जनाएको छ ।
संक्रमण नभएका, कम भएका र बढी भएका क्षेत्रका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको छ । त्यसका लागि मन्त्रालयले कार्यढाँचा तयार गरिरहेको छ । मन्त्रालयले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ, हिसान लगायत सरोकारवाला निकायसँग छलफल गरी कार्यढाँचा तयार गरेको हो । कोभिड–१९ का कारण गएको चैतदेखि शिक्षालय बन्द छन् ।
लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । मन्त्रालयले कार्यढाँचा स्वीकृत गरेपछि सोही आधारमा सबै मापदण्ड पालना गरी शिक्षालय खोल्नेछन् । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिक सत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । मन्त्रालयले कार्यढाँचा स्वीकृत गरेपछि सोही आधारमा सबै मापदण्ड पालना गरी शिक्षालय खोल्न सक्नेछन् ।



तपाईको प्रतिक्रिया