Techie IT
×
गृहपृष्ठसमाचारजिल्लामै एक्लिएका नेता बहादुर सिङ तामाङ

जिल्लामै एक्लिएका नेता बहादुर सिङ तामाङ


बिदुर । नेपाली काग्रेसका केन्द्रिय सदस्य बहादुर सिङ लामा तामाङ जिल्लामा एक्लिएका छन् ।
छोटो समयमा राजनितिक यात्रा तय गरि पार्टिको कन्द्रिय सदस्य र सांसद बनेका नेता प्रकाशशरण महतको बिषय ले एक्लिएका हुन् । प्रजातन्त्र दिबसको अबसरमा नेपाली काँग्रेस नुवाकोटको बिपि स्मृति भवनको उद्धघाटन कायृक्रममा प्रकाशशरण महतको बिषयलाई उठान गर्दै काँग्रेस एकजुट हुनु पर्ने उद्ध्घोष गर्नुभएकाले उनको अभिब्यक्ति पछी उनि नुवाकोटमा एक्लिएका हुन् । पार्टी कार्यालयको उद्धघाटनमा भब्य समारोह बिच नेपाली काग्रेशका पार्टी सभापती शेर बहादुर देउवा ले उद्घाटन गर्नु भएको थियो ।
पर्टि कार्यालको उद्धघाटनसँगै सभापती देउबाले कार्यालय भित्रको गणेशमान सिङ शभा हलको उद्घाटन गर्नु भयो । यस्तै, काँग्रेस नेता अर्जुन नर्सिङ केसि ले विद्युतिय बोर्ड र नेता डक्टर रामशरण महतले पार्टी कार्यालयमा चार तारे झण्डा झण्डोत्तोलन गर्नु भएको थियो । नुवाकोट काँग्रेस सभापति जगदिश्वर नर्सिङ केसिले अब नुवाकोट काँग्रेसमा गुटबन्दी को अन्त गर्नको लागि भातृ सस्था र काँग्रेसको तल्लो निकाय लाई सचेत गर्दै पार्टि एक भएर जानको लागी सबैलाई कार्यक्रममा आमन्त्रण गर्दै उद्ध्घोष गर्नु भएको छ ।
नेपाली काँग्रेसमा देखिएको गुटको राजनिति गर्ने सबै पक्षलाई एकै स्थानमा उभ्याउदै नुवाकोट सभापती केसीले पार्टि सभापती शेरबहादुर देउबा, र अन्य केन्द्रमा देखीएका तीन गुट लाई नै समाबेस गरि कार्यक्रम सम्पन्न गर्नु भएको छ । नुवाकोट काँग्रेसले गुटको राजनितिलाई अन्त्यगरि पार्टि एक भएर जाने सन्देश दिई रहदा काँग्रेस केन्द्रिय सदस्य एवं सांसद बहादुरसिङ लामा तामाङ भने पार्टि सहमहामन्त्रि डक्टर प्रकाशशरण महतलाई कार्यक्रममा नबोलाएको भन्दै अशन्तुष्टि पोखेका छन् । गुटगत राजनिति हेर्दा बहादुर सिङ लामा तामाङ डक्टर प्रकाशशरण महत पक्षमा देखिएका छन् । जिल्लाका सबै शत्तिः एकै स्थानमा उभिदा तामाङ भने प्रकाशशरण महतकै पक्षमा बोलिरहेका थिए । तामाङ समुदायको बाहुल्यता भएको क्षेत्रबाट निर्बाचित हुँदे आएका बहादुर सिङ लामाले कार्यक्रममा प्रकाशशरण महतको पक्षमा बोलेपछी तामाङलाई नेता मान्नेहरुले चुनौति दिन थालेका छन् । जिल्लामा जनाधार नै नरहेका र काठमाण्डौबाट निर्बाचन लढ्दै आएका प्रकाशशरण महतलाई घुमाउरो भाषामा आफ्नो नेता भन्ने पुष्टि गरेका बहादुर सिङ लामालाई अब भने जिल्लामा अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने देखिएको छ ।
बहादुर सिङ लामालाई नजिकबाट नियाल्ने एक स्थानिय नेताले नाम नखुलाउने सर्तमा भने “हाम्रो नेता बहादुर सिङ भनेको त, उनि प्रकाश शरणकोपो कार्यकर्ता रहेछन” उनले आफुहरु आफ्नो भुगोल भन्दा बाहिर राजनिति गर्नेलाई नेताको रुपमा लिन नसक्ने बताएका छन् । यस्तै अबस्था रहेमा आफुहरु समेत बहादुर सिङ लामाको पक्षमा नरहने चेतावनी समेत दिइृसकेको बताए । स्थानिय नेताहरु जम्मा भएरै आफुहरु प्रकाश शरण महतको कार्यकर्ता बन्न नसक्ने बताएको उनले जनकारी दिए ।
जिल्लामा कुनै जन आधार नभएको नेता महत को पछि लाग्दा बहादुर सिङ लामा लाई नै ठुलो चुनौती रहेको छ । ठेक्कापट्टा र पैसाको पँहुचमा राजनितिमा स्थापित भएका नेताले भुगोल बाहिरको ब्यक्तिलाई नेताको रुपमा लिदा नुवाकोट काँग्रेसमा उनको समेत राजनिति धरापमा पर्ने देखिएको छ । जिल्लामा देखिएको दुई गुट महत र केसी दुबै पष एकै स्थानमा उभिदै काँग्रसमा सबलिकरण र सुदृढिकरण ल्याउने उद्घोष गरिरहदा नेता तामाङ भने प्रकाशशरण महतकै गुणगान गाउन ब्यस्त रहेका थिए ।
प्रकाशशरण महतले गुटगत राजनिति गरि तल्लो स्तरका कार्यकर्तामा समेत बितृष्ण जगाएको र नुवाकोट काँग्रेसमा भाँडभैलो गरेको आरोप लाग्दे गउको छ । उनि अब नुवाकोटको राजनितिमा नफर्किने गरि काठमाण्डौ पसेका नेता हुन् ।



तपाईको प्रतिक्रिया